Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षा कार्यालयमा कुर्सी खाली

Published on 9:07:00 PM //

घनश्याम गौतम
गुल्मी, असार ३० । बरारूख निमावि घमिरका प्रधानाध्यापक सुरेन्द्रबहादु लम्साल यस वर्षकै आर्थिक कारोबारको अन्तिम दिन आइतबार शिक्षा कार्यालयमा विद्यार्थी पुस्तक बापतको रकम अपुग भएको गुनासो गर्दै थिए तर उनको गुनासो सुन्ने शाखा अधिकृत हरिलाल अर्याललको कुर्सी भने ११ बजेर ३३ मिनेट जाँदासम्म खाली नै थियो ।

आइतबार बिहान १०ः४५ बजे कार्यालय पुग्दासमेत अधिकांश कुर्सी खाली थिए । सेवाग्राहीको भने भीड भइसकेको थियो । सेवाग्राहीको बढी भीड लाग्ने योजना कार्यक्रम, तथ्यांक, अतिरिक्त क्रियाकलाप, अनौपचारिक शिक्षा फाँट पनि खाली नै थिए ।

विद्यालय प्रशासन फाँट, आन्तरिक प्रशासन तथा निरीक्षण शाखा, मावि, निमावि, प्रावि फाँट पनि खाली नै थिए । असार मसान्त भएकैले होला लेखा फाँटमा कार्यरत दुई जना लेखापाललाई भने भ्याइनभ्याइ नै थियो । अधिकांश सेवाग्राही विद्यालयको खातामा जानुपर्ने विभिन्न शीर्षकको रकम सबै नगएको गुनासो गर्दै थिए तर उनीहरूको गुनासो सुन्ने अधिकारीहरूका अधिकांश कुर्ची खाली नै थिए ।

'मैले २ सय १० विद्यार्थीका पुस्तकका लागि आवश्यक पर्ने ६१ हजार रुपैयाँ मध्ये ५२ हजार रुपैयाँ मात्र निकासा भएकाले नपुग रकम यसअघि नै माग गरेको थिएँ', बरारूख निमाविका प्रअ लम्सालले भने, 'हरि अर्याललाई नै निवेदन बुझाएको हुँ ।' नपुग ९ हजार रकम आफूले निकासा पाउनुपर्ने दाबी गरेका लम्साललाई ११ बजे कार्यालयमा आएका लोकनाथ मरासिनीले अनुगमनका क्रममा विद्यार्थी नदेखिएकाले रकम कम गएको हुन सक्ने भन्दै थप कुरा बुभmन हरि अर्याललाई नै भेट्नुपर्ने जवाफ दिंदै थिए । जानकी प्रावि रिमुवाकी प्रधानाध्यापक जुना न्यौपाने पनि १५ हजारमध्ये १ हजार ४ सय ८० रुपैयाँ मात्र गएको गुनासो गर्दै थिइन् ।

अनुगमनकै क्रममा जिल्ला शिक्षा अधिकारी गोविन्द अर्याल बिरामी भएर काठमाडांै गएकाले निमित्त प्रमुख सम्हालेका अधिकारी भोजबहादुर केसी कार्यालय समयभन्दा एक घन्टा ढिला पुगे । 'आज गुल्मी विकास बैंकको एकीकृत शुभारम्भ कार्यक्रमले गर्दा ढिला भयो', केसीले भने, 'निकासाका लागि बैंक, कोलेनिका लगायतका स्थानमा जानुपर्ने भएकाले पनि कार्यालयमा कोही नआए जस्तो देखिएको हो ।' केसीले जिशिअ काजमा काठमाडौं गएको दाबी गरे पनि हाजिरी रजिस्टरमा भने काज वा बिदा केही उल्लेख नभएको सोही कार्यालयका कर्मचारीले जानकारी दिए । त्यस्तै निमित्त प्रमुखले कार्यालय आएर बाहिर काममा गएको भनिएका अधिकांश कर्मचारीको हाजिरी भने १२ बज्न लाग्दासमेत थिएन । सधै कार्यालय छिर्नासाथ हाजिर तान्ने कर्मचारी सही नगरी बाहिर गएको भनाइ विश्वास गर्न सकिंदैन ।

कार्यालयको दुई तले भवनबाट भर्‍याङ झर्दै गरेका पश्चिमी क्षेत्रको विद्यालयका अर्याल थरका एक शिक्षकले पाठ्यपुस्तकको रकमबाट कमिसन उपलब्ध नगराएकै कारण अधिकांश विद्यालयहरूको रकम कम निकासा भएको बताए । 'कमिसन दिने सबैको मागे जति पैसा गएको छ', उनले भने, 'नदिनेहरूको केही न केही रकम काटिएकै छ ।' सधै राम्रो व्यवहार गर्ने शिक्षा कार्यालयका अधिकृतदेखि खरदारसम्मका कुनै पनि कर्मचारी असार मसान्तका बेला कार्यालयमा आउने शिक्षकहरूसँग राम्ररी नबोल्ने गरेको गुनासो अर्यालको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग