Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

५ दिन सम्म वेवरिसे शवको पहिचान खुल्यो

Published on 4:47:00 PM //

प्रेम सुनार
साउन १७, गुल्मी । पहिचान हुन नसकी ५ दिन सम्म बेवारीशे हुन पुगेको शव एक प्रहरी हवल्दारकी आमाको भएको खुलेको छ । साउन ११ गते वस्तु १ को सिमलचौर स्थित छल्दीखोलामा फेला परेको शव सिर्सेनी १ भुजुङ्गे स्थित ६३ वर्षिया मिना गिरीको भएको र उनि कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा कार्यरत हवलदार कृष्ण गिरीकी आमा भएको खुलेको हो ।
हातमा लगाएको चाँदीको काँडे रैयाँ र कपडाबाट प्रहरीले पहिचान गरी छोरा प्रहरी हवल्दार गिरीलाई बुझाई बुधवार ५ दिनका दिन शनाखत गरेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक निशान्त श्रीवास्तावले जानकारी दिनुभयो । उनि ११ गतेका दिन घरबाट सिमलटारी वजार गर्न आएको बेला छल्दीखोला तर्न लाग्दा बगेको बताईएकोछ ।
यसैविच विशुखर्क १ निवासी ३५ वािर्षया पार्वती सार्कीको पनि साउन १३ गते हर्राचौरको मोदीखोलाले बगाएर मृत्यु भएको छ । त्यस दिन साँझ शान्तिपुरबाट जाँदै गरेका उनका श्रीमान शेरबहादुरको जिवितै उद्धार गरिए पनि श्रीमती पार्वतीको शव २ सय मिटर तल फेला पारिएको थियो । श्रीमान-श्रीमति दुबै हात समातेरसँगै खोला तर्नु र त्यहीबाट उनिहरु एक अर्काबाट सधैका लागि छुट्टिनु, यस घटना नजिकबाट नियाल्नेहरुलाई भावविह्ल पारेको छ । संगै बगेका उनिहरु केहि बेर एकले अर्कोलाई बचाउन हात समातेरै बगेको बताईन्छ । श्रीमतिलाई बचाउन शेरबहादुरले अन्तिम प्रयास गरे सकेनन् । उता म्यागदीमा पनि त्यस्तै भयो । दरबाङ्ग खोलाले बगाएर स्थानिय ५२ वािर्षया धनबहादुर बुढाको ज्यान गएको छ । त्यस्तै रुपन्देही परेवा भिडन्ती ४ कि १३ वािर्षया रुविना खातनुको पनि वगेला खोलामा डुवेर ज्यान गएको छ । वर्षयाममा पायक पर्ने स्थानमा झोलुङ्गे पुलको अभावले पनि यसरी मानिसहरुको ज्यान जाने गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग