Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा संघका गाउँ नेता एमाओबादीमा प्रवेश

Published on 4:50:00 PM //

प्रेम सुनार
साउन १६, गुल्मी । नेकपा एमाले निकट युवा संघ नेपालका गाविस स्तरिय नेता आज एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । सो पार्टीले जैसीथोक र धुर्कोट रजस्थलमा गरेको संयुक्त चुनावी अभियान कार्यक्रमको अवसरमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल जैसीथोक गाउँ कमिटी अध्यक्ष अर्जुन पुन मगर नेकपा एमाले परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका हुन् ।
काँग्रेसको पछाडी लागेर एमालेले कम्युनिष्ठ विचार त्यागेको आरोप लगाउँदै  कम्युनिष्ठको एकता केन्द्रका रुपमा स्थापित एकिकृत नेकपा माओबादीमा प्रबेश गरेको पुन मगरले बताउनुभयो । नेकपा एमालेमा छँदा जैसीथोकका प्रभावशाली नेता मानिने मगरले अव एमाओवादीमा सक्रिय भएर लाग्ने उद्घोष गरे । नव प्रबेशी पुन मगरलाई एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य डिलराज आचार्य, पुर्व सांसद एवं राज्य समिति सदस्य लगायतका नेताहरुले फुलमाला र अविरले स्वागत गर्दै पार्टी प्रवेश गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग