Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आदिवासीवासी जनजाती दिवस मनाईयो

Published on 6:57:00 AM //

प्रेम सुनार
साउन २६, गुल्मी । आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद, गुल्मीको आयोजनामा शुक्रबार जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ १९ औँ विश्व आदिवासी जनजाति दिवस मनाईयो ।
जिल्लाको सदरमुकाम तम्घास, नयाँगाउँको गुरुङ गाउँ, अमरपुर, दर्लामचौर, हस्तीचौर लगायतका कुमाल समुदाय, वडागाउँ, वामी लगागतका छन्त्याल समुदाय, वम्घा, वलिथुम लगायतका माझी समुदाय, दोहली कल्यार, पौँदीको बाङ्गे लगायतका गुरुङ्ग समुदाय, कुर्घा, वामी, तुराङ्ग, रुपाकोट, वलिथुम, पराल्मी, विरबास गौडाकोट, पल्लीकोट, ठुलो लुम्पेक, जयखानी खड्गकोट, भार्से, हाडहाडे , दुविचौर लगायतका गाविसमा ठुलो संख्यामा रहेका मगर समुदायले कोहि संयुक्त रुपमा तम्घासमा त कोहि आ–आफ्नो स्थानमा बिबिध कार्यक्रमका साथ दिवस मनाएका हुन । अघि पछि पाईन्ट टिसर्टमा देखिने मगर चेलीहरु यतिबेला भने भने परम्परागत भेष भुषामा विहानै देखि देखा परेका थिए ।
आदिवासी जनजाती दिवसको अवसरमा सामुहिक तस्विर खिचाउँदै मगर चेलीहरु
‘१९ औं  विश्व आदीवासी दिवसको सन्धर्वमा आदिवासी जनजातीको अभियान, पुर्ण समानुपातिक समावेसी प्रतिनिधित्व र पहिचान सहितको संघियताको लागि नयाँ संविधान’ भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । यो नारा र उनिहरुको यस्तो मागलाई कांग्रेस एमाले र राष्ट्रिय जनमोर्चामा आवद्ध अन्य जातिहरुले जातिय द्धन्द्ध मच्चाउने भन्दै विरोध गर्दै आएका छन् । यता आदीवासीहरुले भने वषौंदेखि उनिहरुले आफुहरुको पहिचान मेटाउँदा केहि नहुने जव आफुहरुको गुमेको पहिचान स्थापित गर्न खोज्दा जातिय द्धन्द्ध मच्चीने ? भन्ने सवाल उठाउँदै आएका छन् । अधिकांस आदिवासी जनजातीहरु आफुहरुको पहिचान स्थापित गर्न पहिचान सहितको संघियताका पक्षमा रहेका छन् । पहिचान सहितको संघिताले मुलुक विखण्डन हुन्छ, यसले द्धन्द्ध मच्चाउँछ भन्नु केवल राजनैतिक स्वार्थ मात्रै भएको उनिहरुको बुझाई छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग