Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो गुल्मी जिल्ला समाज युकेको बार्षिक भेटघाट (फोटो र भिडियो)

Published on 2:30:00 AM //

फडिन्द्र भट्टराई
लन्डन, ९ अगस्त । गुल्मी जिल्ल्ला समाज युकेको बार्षिक भेटघाट तथा Summer BBQ  कार्यक्रम युकेको फ्यानवरा स्थित स्यमुएल कोडी कलेजको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ | सोहि अन्तर्गत योजना गरिएको एक औपचारिक कार्यक्रमका बिच संस्थाले प्रकाशन गरेको स्मारिका "हाम्रो सेवा"को बिमोचन समेत गरिएको छ |
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष्य अर्जुन गौतमले गर्नुभएको थियो भने संचालन प्रथम चरणमा महासचिब राम गलामी र दोस्रो चरणमा सचिब शिब भण्डारीले गर्नुभएको थियो | कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्री तथा अध्यक्ष्य अर्जुन गौतमले संयुक्त रुपमा दिप प्रज्वलन गरि गर्नुभएको थियो | एन आर एन युकेका अध्यक्ष्य कुल आचार्य, दुताबासका अतिथि बिस्वानाथ घिमिरे लगाएत अन्य बिशिष्ठ व्यक्तिहरुको आथित्य रहेको सो कार्यक्रमको शुरुवात राष्ट्रिय गानबाट गरिएको थियो | कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष्य ओम गुरुङले दिनुभएको थियो|

संस्थाको स्मारिका बिमोचन सत्रमा पंचकन्याहरुबाट पुष्पगुच्छा सहित टक्राइएको स्मारिका पुस्तक “हाम्रो सेवा” को बिमोचन संस्थाका अध्यक्ष्य अर्जुन गौतम, संस्थापक अध्यक्ष्य ओम प्रसाद थापा, प्रमुख अतिथि कार्यबाहक राजदुत तेज बहादुर क्षेत्री र एन आर एन युकेका अध्यक्ष्य कुल आचार्यले संयुक्त रुपमा गर्नुभएको थियो | सो अबसरमा नौमती बाजाको धुन सहित तालिको गडगडाहट मनमोहक सुनिन्थ्यो | उपरोक्त सत्रको संचालन गर्दै संस्थाका उपाध्यक्ष्य तथा स्मारिका संयोजक केशब भण्डारीले प्रकाशित स्मारिकाको संछिप्त जानकारी दिँदै बिशिष्ठ व्यक्तित्वका आलेखहरु सम्मिलित यो ऐतिहासिक दस्ताबेज एक अमुल्य सम्पतिको रुपमा रहनेबिश्वास ब्यक्त गर्नुभयो | साथै उँहाले प्रकाशनार्थ सहयोग पुर्याउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो | त्यस्तै पुर्व उपाध्यक्ष्य तथा स्मारिका संयोजक मोति भण्डारीले यसको प्रकाशनले जिल्लाको चिनारी मात्र नभएर समाबिष्ठ खोजमुलक तथा ज्ञानमूलक लेखहरुले भाषा, संस्कृतिको जगेर्नामा समेत भूमिका खेल्ने कुरा बताउनुभयो | सोहि अबसरमा उपरोक्त अतिथिहरुबाट नै गायककार सुमेर ज्ञवालीको गीति एल्बम "योग"को बिमोचन गरिएको थियो जसको संचालन उपाध्यक्ष्य बिनोद ज्ञवालीले गर्नुभएको थियो |

कार्यक्रमको अर्को चरणमा निबर्तमान कार्यसमितिका पदाधिकारीको बिगतको योगदानको कदर गर्दै कदर पत्र, खादा तथा ट्रफीले सम्मान गरिएको थियो तथा अन्य  बिशेष सहयोगीहरु बालजंग अर्याल फत्त थापा, चक्र बहादुर राना, पशुपति भण्डारी एबम प्रेम गुरुंगलाई समेत सम्मान गरिएको थियो | सोहि क्रममा समाज मार्फत जिल्लामा प्रकाश गौतम प्रज्ञा पुरस्कारको रुपमा शैक्षिक छात्रवृति प्रदान गर्दै आउनुभएका सल्लाहकार सुरेश गौतम तथा स्वर्गीय आमा नर्मदा सापकोटाको सम्झनार्थ अर्को छात्रवृति स्थापना गर्ने घोषणा गर्नुभएका कार्यसमिति सदस्य राम प्रसाद सापकोटालाई सम्मान गरिएको थियो | सोहि अबसरमै शैक्षिक क्षेत्रमा प्रगति गर्ने नवयुवा युवती तथा नया आजीवन सदस्यहरुलाई समेत सम्मान गरिएको थियो | सम्मानकै क्रममा, गुल्मीको रेसुंगा बहुमुखी क्याम्पस एबम देवीस्थान स्कुल हस्तिचौरलाई सहयोग गर्ने चन्दादातालाई पनि सम्मान गरिएको थियो | उपर्युक्त कार्यक्रमको संचालनमा फडिन्द्र भट्टराईले सघाउनुभएको थियो|

कार्यक्रमको अन्त्य तिर मन्तव्यको क्रममा प्रमुख अतिथि तेज बहादुर क्षेत्री,  एन आर एन युकेका अध्यक्ष्य कुल आचार्य, एन आर एन युकेका उपाध्यक्ष्य महेन्द्र कंडेल लगायत सबैले गुल्मी जिल्ला समाज युकेको सेवा मुखी कार्य सबै देशबासीलाई उदाहरणिय रहेको र आगामी दिनमा प्रगति उन्मुख शुभकामना दिनुभएको थियो | संस्थापक अध्यक्ष्य ओम थापाले संस्थाको हालसम्मको सेवामुखी कार्य गौरब गर्न योग्य रहेको बताउँदै नँया कार्य समितिको पूर्ण सफलता र आफ्नो प्रतिबद्धता जाहेर गर्नुभयो | नेपालबाट आउनुभएका अतिथि बिष्णु भण्डारीले समेत सो अवसरमा बोल्नु भएको थियो | औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष्य अर्जुन गौतमले गुल्मी जिल्ला समाज युकेको गरिमा दिन प्रतिदिन बढ्दै जानुको कारक  यसको सेवामुलक उदेस्य तथा सबै मित्रहरुको निस्वार्थ समाजप्रतिको समर्पण नै रहेको बताउँदै स्मारिकाको प्रकाशनार्थ अहोरात्र खट्ने तथा लेख रचना उपलब्ध गराउने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो| साथै उहाँले यस BBQ कार्यक्रमको संयोजन गर्नुहुने बिर बलाल लगाएत सबै कार्यसमति तथा  सल्लाहकारहरुलाई बिशेष धन्यवाद टक्र्याउनुभयो |  

औपचारिक कार्यक्रमको अन्त्य पछि संस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न नाचगानहरु  प्रस्तुत गरिएको थियो जसको संयोजन सदस्य रुद्र थापा तथा मंजु खरेल ले गर्नु भएको थियो|  कार्यक्रममा कार्य समितिका राजन खरेल, अशोक थापा,  गंगा राना, कृष्ण खरेल, टिका थापा,  मति पुनले समेत बिशेष भूमिका निभाउनु भएको थियो | खानपिन नाचगान खेलकुद लगाएत बिबिध संस्कृतिक तथा मनोरंजनलेभरिपुर्ण उक्त कार्यक्रममा युकेका विभिन्न क्षेत्रमा रहेका गुल्मेलीहरुको बृहत सहभागिता थियो|  साउथ इस्ट लण्डन लगाएत विभिन्न क्षेत्रबाट कोच रिजर्भ गरि आएका सहभागीहरु उल्लासमय वातावरणमा रमिरहेका देखिन्थे ।
कतै गुल्मेली झ्याउरे,  सालैजो डम्फु मादलमा घन्किरहेको, कतै महिलाहरु तिज गीतमा नाचिरहेका,  कतै खैँजडी मजुरामा भजन चुटका त कतै नौमती पन्चे बाजाको गुञ्जायमान स्वर सुनिरहँदा सहभागीहरु गुल्मीको कुनै सांस्कृतिक मेलामा रमिरहेको अनुभूति गरिरहेका थिए | बिशेष आकर्षणको रुपमा रहेको भलिबल प्रतियोगितामा लण्डनको टिम रुद्रावती प्रथम स्थान हासिल गरेको थियो |   यसका अलावा स्थानीय भेटघाट रेस्टुरेन्टले उपलब्ध गराएको BBQ  तथा अन्य  परिकारको रस्वस्वादनले  थप आनन्द दिएको थियो | देशको कला संस्कृति बिशिष्ठ रुपमा झल्किने उक्त कार्यक्रममा मौसमले राम्रो साथ दिएको थियो| कार्यक्रममा ७०० भन्दा बढीको उपस्थिति रहेको कोषाध्यक्ष टोप पल्लीले जानकारी दिनुभयो|
भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग