Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानविय सेबामा गुल्मी लायन्स क्लब अग्रणी

Published on 12:17:00 AM //

टंक पन्त/ काठमाडौ
लायन्स क्लब भन्ने बित्तिकै मानबीय र समाजसेबाका लागि एक अन्तरराष्ट्रिय अग्रणी संस्थाका रुपमा चिनिन्छ । लायनबाद आफैमा मानबीय सेबा हो । हुन पनि नेपालमा पनि लायन्स क्लबहरुले गरेका मानबीय र सामाजिक सेबा उदाहरणीय नै छन ।

नेपालमा मात्रै झण्डै ५ सय लायन्स क्लबहरु छन जसमध्ये गुल्मी लायन्स क्लब मानबीय समाजिक सेबामा निकै अगाडि रहेको त्यसका नेताहरुले बताएका छन । एशियन भिलेज पार्टी प्यालेस सुकेधारामा गुल्मी लायन्स क्लबको पदस्थापन कार्यक्रम भएको थियो । जहा लायनका अग्रजहरुले भन्दै थिए गुल्मी लायन्स क्लबले गरेको कार्य बास्तबमै उदाहरणीय र अग्रणी रहेको छ ।
यसअघि डिल्लीराज भुसालको नेतृत्वमा रहेको क्लबले गुल्मीमा गरेको निशुल्क स्वास्थ्य शिबिर र अन्य कार्यक्रमहरु निकै प्रभाबकारी भएको क्लबका डिष्ट्रिक गभर्नर युक्त प्रसाद श्रेष्ठले बताउनुभएको छ । उहाका अनुसार बृक्षा रोपण र त्यसमा पनि स्वास्थ्य एवं शिक्ष्ा सबन्धी बिबिध कार्यक्रमले असहाय र गरीब नागरिकहरु निकै लाभान्वित भएका छन । कार्यक्रममा

गुल्मी लायनमा रहेर समाजसेबामा उल्लेख्य योगदान गर्ने यज्ञमुर्ति खरेल , भीमलाल पौडेल , लीलामणि खरेल , फर्सुराम पाण्डेय र कृष्ण ज्ञवालीलाइ बिशेष सम्मान गरिएको थियो । गुल्मीमा लायनको भुमिकालाइ उहाहरुसंगै इटा थप्नेमा मीनराज ज्ञवाली , रामप्रसाद खनाल , डिल्लीराज भुसाल , नबनिनिध पन्त , हरि भण्डारी , मञ्जरी खरेल , जमुना पौडेल सुशिल भटराइ , बिष्णु भण्डारी , युबराज न्यौपाने लगायतका हुनुहुन्छ । त्यसमा पनि मीनराज ज्ञवाली अग्रणी लायनका रुपमा रहनुभएको कार्यक्रममा जानकारी गराइयो । सो अबसरमा गुल्मीमा मञ्जरी खरेलको अध्यक्षतामा रेसुङगा लायन क्लब समेत गठन भएकोृ जानकारी गराइयो ।
कानुन मन्त्री हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको बिशेष कार्यक्रममा नबनिर्बाचित अध्यक्ष कृष्ण ज्ञवालीको नेतृत्वमा निर्बाचित नया कार्यसमितिलाइ डिष्ट्रिक गभर्नर युक्तप्रसाद श्रेष्ठले पदस्थापन गराउनुभएको थियो । बिशेष अथितिको रुपमा रहनुभएका श्रेष्ठले नया कार्यसमितिलाइ शपथ पनि ख्वाउनुभएको थियो ।
नबनिर्बाचित अध्यक्ष कृष्ण ज्ञवालीले आगामी बर्षको कार्ययोजना पेश गर्दै तम्घास आखा अस्पतालको स्तरोन्नति गर्ने , क्लबको तर्फबाट स्मारिका प्रकाशन गर्ने , गुल्मीको एक उच्च माबिमा पुस्तकालय स्थापना गर्ने , बिपन्न बर्गका छात्रछत्रालाइ लक्षित गरी स्टेशनरी बितरण गर्ने , कम्तिमा १ हजार बृक्षा रोपण गर्ने , गुल्मेली समाजको सहकार्यमा तीज कार्यक्रम संपन्न गर्ने , रक्तदान कार्यक्रम गर्ने लगायतका भाबी योजना रहेको जानकारी गराउनुभएको छ । यसैबर्ष कृष्ण ज्ञवाली , भीम पौडेल, गोबिन्द ज्ञवाली र जगनाथ ज्ञवालीले एमजेएफ ( एक एक हजार डलर ) क्लबलाइ प्रदान गर्नुहने कार्यक्रम रहेको पनि अध्यक्ष ज्ञवालीले जानकारी गरउानुभयो ।
कार्यक्रमका बिशेष अथिति पुर्ब सभासद प्रदिप ज्ञवालीले गुल्मी लायन्स क्लबले खेलेको भुमिका प्रशंनीय रहेको बताउनुभयो । कार्यक्रममा भीम पौडेल , युबराज न्यौपाने , डा हेमराज सुबेदी , लोकबहादुर टण्डन , धु्रब थापा , भुगोल शेरचन , गिरधारी शर्मा , राजन लम्साल ,मञ्जरी खरेल लगायतले लायनले मानबीय सेबामा खेलको भुमिका बारे प्रकाश पार्नुभएको थियो । सो अबसरमा शिक्षण अस्पतालका प्रा डा प्रेम ज्ञवालीको नेतृत्तवको स्वस्थ्य टोलीलाइ सँम्मान गरिएको थियो । डा ज्ञवालीको टोलीले गुल्मीमा निशुल्क स्वाथ्य शिबिर संचालन गर्न प्रमुख भुमिका खेलको थियो । ग्रीन सीटी अस्पतालका प्रमुख लोकबहादुर टण्डनले लायन सदस्यहरुलाइ आपनो अस्पतालमा १५ प्रतिशत उपचार शुल्कमा छुट दिने दिने जानकारी गराउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग