Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिद्युतमा क्षति पुग्दा पौँदीबासी अँध्यारोमा

Published on 12:13:00 AM //

प्रेम सुनार
भदौ २, गुल्मी । गत शुक्रबार परेको अविरल वर्षाले धारापानी लघु जलविद्युत आयोजना पौदी अमराई ४ को कुलो र वाँध भत्किएर क्षतिग्रस्त हुँदा त्यस गाउँका २२ घर धुरी ३ दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।
कुलोले बाँध, कुलो सवै बगाए पछि ३ दिन देखि स्थानियबासी अँध्यारोमा बस्न बाध्य भएको त्यस परियोजना उपभोक्त समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनु भयो ।
पहिरोले लघु जलविद्युत आयोजनाको करिव अढाई लाख रुपैयाँ वरावरको क्षति पुराएको उहाँको आंकलन छ । २०६४ साल कार्तिक महिनामा ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पा र स्थानियबासीको जन श्रमदान सहित ७ लाख रुपैयाँमा सम्पन्न उक्त आयोजना पुनर निर्माण गर्ने कार्यस्थानियवासीको पहुच भन्दा बाहिर भएकोले सम्वन्धीत सरकारी निकायबाट आर्थिक सहयोगको अपिल गर्दछौ अध्यक्ष थापाले भन्नु भयो ।
३ किलोवाट क्षमताको उक्त लघु जलविधुत आयोजना रेडाले सम्पन्न गरी उपभोक्तालाई बुझाएपछि उसले मर्मत कार्य नगर्ने बताईएको छ । गाविस, जिविसबाट आर्थिक सहयोग पाउन नसके स्थानियवासीको ठुलो पहलमा सम्पन्न उक्त योजना सधैका लागि अवरुद्ध हुने भएकोले वेलैमा पुनrनिर्माणका लागि संवन्धीत पक्षको ध्यान जान जरुरी देखिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग