Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा मानवअधिकारको अवस्थाबारे अन्तरकृया सम्पन्न

Published on 12:46:00 PM //

नरेश भण्डारी
गुल्मी, भदौ ४ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा नेपाल मानवअधिकार बर्ष पुस्तकको अर्धवार्षिक समिक्षा कार्यक्रम मंगलवार तम्घासमा ४ गते सम्पन्न भएको छ ।
सन २०१३ को जनवरी देखि जुन सम्म संकलन भएका मानवअधिकार उलंघनका घटनाहरुलाई सत्य र तथ्यपुर्ण बनाउको साथै सरोकारवालाहरुलाई मानवअधिकारको सवालमा संवेदनशिल बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले इन्सेककले मानवअधिकार अनुगमन गरी तथ्याङ्कक सार्वजनीक गर्दा राज्यका निकायहरु सचेत हुने तथा सेवामा गुणात्मकता ल्याउन मद्धत गर्ने धारणा राखे । उनले इन्सेक लगायतका निकायले पीडितको पक्षमा पैरवी समेत गर्नु पर्ने धारणाराखेका थिए ।
कार्यक्रममा गुरु गोरख गुल्मका गुल्मपति दिलविक्रम सुब्वा, इन्सपेक्टर राजेन्द श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराई, एमाओवादीका श्रृजना त्रामु, नेकाका विष्णु सापकोटा, एमालेका शोमनाथ सापकोटा, दलित पहिला संघकी कमला बराल, आदिवासी जनजाती महिला महासंघका कमला पुन लगायतले राज्यले कानुन बनाए पनि कानुनको कार्यान्वयनको लागि यथोचित व्यबस्था गर्न नसक्दा मानवधिकार संरक्षणमा कठिनाई उत्पनन भएको विचार व्यक्त गरेका थिए ।
इन्सेक जिल्ला संयोजक यज्ञपसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले जिल्लाको मानवअधिकारको अर्धवार्षीक अवस्थाको पतिवेदन पेश गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग