Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: फेसबुक गर्लफ्रेण्डले अर्कै सँग बिहे गरेपछी घाँटी रेटेर हत्या, मोबाईलगर्लफ्रेण्डको समुहिक बलात्कार

Published on 11:03:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यो हप्ताको ओझेलका खवरमाः फेसबुक मार्फत लभ परेकी युवतीले अर्कैसंग बिवाह गरेपछि प्रेमीद्वारा उनको घाँटी रेटेर हत्या, मोवाईल फोनमा सामन्य चिनजान भएका युवाद्वारा मध्यरातमा दुई दिदी बहिनीहरुलाई सामुहिक बलात्कार सम्वन्धी रिपोर्ट सुनाउनेछौ । त्यस्तै तिन वर्ष अघि एक दलित बालिकालाई बलत्कार गरी जन्मीएको छोरीलाई दश हजार रुपँया दिन्छौ कि मार नत्र हामी मार्छौ भन्ने धम्की आएपछि उनि प्रहरी प्रशासनको शरणमा आएको सम्वन्धी खवर जिवनको गोरेटोमा सुनाउने छौ 
।सुनौँ यसपालिको अङ्क:  
ओझेलका खबर: यो हप्ताको ओझेलका खबर:


मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

ओझेलका खबरका पुराना अंकहरु

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग