Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आमा के गर्दै होलिन् (कविता)

Published on 2:16:00 AM //

-संगिता कुँवर
मलाई संसार देखाउने मेरी आमा के गर्दै होलीन् ।।
खै बनपाखा घासँदाउरा मेलापात काम गर्दै होलीन् ।।
गर्ब छ मलाई जन्मन पाएकोमा तिम्रो काखमा आमा,
पाँच सन्तान प्रशवको पिडा कसरी काम गर्दै होलीन् ।।

सत्य र न्यायको सधै पछि हिँडने, राम्रो कुरा सिकाउने,
मिहिनेत र सहनशिल आमा सत्यको बिउ छर्दै होलीन् ।।
तुलना गर्दा मेरी आमा भन्दा ठुलो कोही छैन् संसारमा
आफनो सन्ताको खुसीका लागी जिउदै मर्दै होलीन् ।।

कठै भन्ने कोही छैन् आफनै कामा व्यस्त छन् सबै,
लिपपोत गोठ धन्दा सकि पधेरीमा पानी भर्दै होलीन् ।।
इज्जत र अस्मिता किनेर आउदैन भन्ने मेरी आमाको सन्देश,
महान त्यहि सन्देश संगै समाज परिर्वतनमा लड्दै होलीन् ।।

महान मेरी आमा तिम्रो सपना पुरा गर्नुछ मलाई,
सन्तानको उन्नती र प्रगतिको सपना देख्दै होलीन् ।

रेडियो स्काई, तम्घास गुल्मी 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग