Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विभिन्न कार्यक्रमका साथ डोजोको पहिलो वार्षिकोत्सव

Published on 9:08:00 PM //

पि.एम.मगर
गुल्मी, साउन २८ गते । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने नाराका साथ नेपाल सितोरियो कराँते डोजो, विरवास गुल्मीले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा जिल्ला स्तरीय सितोरियो कराँते तथा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै खेलकूद विकास समिति गुल्मीका अध्यक्ष गोविन्द विश्वकर्माले जिल्लाका कुनाकाप्चाका प्रतिभाहरुको उजागर गर्ने उद्धेष्यका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गर्नुका साथै शाखाहरु समेत विस्तार गर्दै आईरहेको वताउनुभयो । राज्यले खेलकूदप्रति आत्मविश्वास प्रदान गर्न नसकेका कारण खेल क्षेत्र खस्किएको टिप्पणी गर्दै त्यसतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । उहाँले खेल जगतलाई राष्ट्रले नहेरेपनि सवै संघ संस्थाहरु आ–आफ्नो क्षेत्रवाट यसको विकासका लागि लाग्नुपर्नेमा जोड् दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशान्त श्रीवास्तव, हरिकृष्ण ठकुरी, कृष्णप्रसाद खनाल लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा सम्पन्न सितोरियो कराँतेतर्फको टिम काँटामा महिलातर्फ वर्षा वुढाथोकी, शान्ति थापा र सुमी श्रीस प्रथम, अस्मिता गाहा, वन्दना सुनार र अनुषा सोमरे द्धितीय र मनिषा दर्लामी, पवित्रा ठकुरी र अन्जली सोमरे तृतीय भएका थिए । त्यस्तै पुरुषतर्फको टिम काँटातर्फ रेशम राकस, कृष्ण वलाल र शक्ति वलाल प्रथम, गणेश तङ्गनामी, विवेक श्रीस र कोपिल छन्त्याल द्धितीय र सन्देश श्रीस, सुरज भट्टराई र दर्पन पराजुली तृतीय भएका थिए । त्यस्तै कराँते फाईट ग्रुपमा महिलातर्फ ३७ देखि ४२ केजी तौलमा मनिषा दर्लामी प्रथम, अन्जली सोमरे द्धितीय र सुष्मा वलाल तृतीय, ४२ देखि ४७ तौलमा वन्दना सुनार प्रथम, अनुषा सोमरे द्धितीय र जुना सोमरे र शान्ति थापा तृतीय भएका थिए ।
त्यस्तै ४७ देखि ५२ केजी तौलतर्फको प्रतिस्पर्धामा भवित्रा ठकुरी प्रथम, अस्मिता गाहा द्धितीय र सुमी श्रीस र चन्द्रीका तामाङ्ग तृतीय भएका थिए । त्यस्तै पुरुषतर्फको ५५ देखि ६० केजी तौलतर्फ रेशम राकस प्रथम, गणेश पराजुली द्धितीय र सन्देश श्रीस र सन्तोष वलाल सान्त्वना भएका थिए भने ४३ देखि ४८ केजी तौलतर्फ मदन राना प्रथम, कोपिल छन्त्याल द्धितीय र विवेक श्रीस र गणेश तङ्गनामी तृतीय भएका थिए । त्यसै गरी ३८ देखि ४३ केजी तौलतर्फको खेलमा कृष्ण वलाल प्रथम, नविन विश्वकर्मा द्धितीय र सुशिल राकस र शक्ति वलाल तृतीय भएका छन् भने ३० देखि ३५ केजी तौलतर्फको प्रतिस्पर्धामा शुशिल राकस प्रथम, सन्दीप राकस द्धितीय र दिलिप दर्लामी र मनोज राकस तृतीय भएका छन । २५ देखि ३० के.जी.तौलतर्फ भिमवहादुर वराल प्रथम, सुरज रेश्मी द्धितीय र रमेश रेश्मी र कमल भुसाल तृतीय भएका छन ।
त्यस्तै खुल्ला तीज गित प्रतियोगितातर्फ ग्रीनवर्ड इङ्गिलस स्कुल, विरवासको समुह प्रथम, विहानी युवा क्लव विरवास द्धितीय, गगनशिला आमा समुह तमघास तृतीय र सृजनशील आमा समुह गौडाकोट र जनचेतना आमा समुह विरवासको समुह सान्त्वना भएका छन् । उमेश थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग