Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले टयाँङ्की बगाएपछि दिगाममा खानेपानीको हाहाकार

Published on 11:06:00 AM //

प्रेम सुनार
साउन २९, गुल्मी । गुल्मीको दिगमा ५ र ६ मा रहेको मौलीपुर खाने पानी योजनाको पाईप र ट्याङ्की पहिरोले बगाउँदा गत ६ दिन देखि त्यहाँका १ सय ८० घर धुरी उपभोक्ता खानेपानीको हाहाकारमा परेका छन् ।
साउन २४ गते दिउँसो अविरल वर्षासंगै दिगाम १ र ३ को विचमा पर्ने धारदी भन्ने ठाउँमा गएको पहिरोले अढाई ईन्चको १ सय ५ मिटर जिआई पाईप, सेडिमेन्टशेन टयाँङ्की ,र कलेक्शन च्याम्वर बगाएपछि दिगमामका १ सय ८० घरधुरीका जनता खाने पानीको हाँहकारमा परेको त्यस खाने पानी योजनाका अध्यक्ष वामदेव पन्थले जानकारी दिनुु भयो ।

करिव ४ लाख वरावरको क्षति हुने गरी पहिरोले उक्त खाने पानी योजना पुर्ण रुपमा क्षति पुराएपछि त्यहाँका जनता यति बेला डेढ घण्टा तल पर्ने सात मुरी खोलाको प्रदुषित पानी पिउन बाध्य भएको उहाले बताउनु भयो । उक्त योजना नबन्नु पुर्व २०५६ सालमा त्यस्तै दुषित पानी पिउँदा त्यस दिगाममा हैजा फैलिएर कैयौ विरामी भएको र ६ जनाको ज्यान गएको स्मरण गर्दै अध्यक्ष पन्थले अहिले पनि कतै त्यस्तै हैजाको सामना गर्नु पर्ने हो कि भन्ने त्रास बढेको बताउनु भयो ।
फिनडाले २०५४ सालमा करिव २२ लाख लागतमा निर्माण गरेको उक्त खाने पानी योजना देशभर र्मै नमुना योजना ‘मुल्याङ्कनमा परी फिन्ल्यान्डका सांसद र त्यहाँका विध्यार्थी समेत अवलोकनमा आएका थिए । तत्कालिन फिन्ल्याण्ड राजदुत ईशा हुर्दिकले उद्घाटन गरेको त्यस योजनाबाट वर्षौ देखि २ घण्टाको उकाली ओराली धाउँदै खाने पानी उपभोग गर्न बाध्य त्यहाँका जनता टोल टोलमा पानीको धारा उपभोग गर्ने सुविधा पाएका थिए ।
‘ दिगामको धारदी मुहानबाट ल्याईएको पानीको पाईप पुरै नष्ट छ , टयाँकी वगाएर तलै पुराएको छ ’अध्यक्ष पन्थले भने –‘आपतकालिन समस्या समधानका लागि जिल्ला खाने पानी तथा सरसफाई डिभिजन कार्यालयमा निवेदन गरीएको छ । ’ उनका अनुसार सो कार्यालयले बैकल्पीक समाधानका लागि १ सय मिटर पोलेथिन पाईप दिने भएको छ । ‘त्यस पाईपले सिधै धारदी मुहानबाट पानी त ल्याईन्छ तर फिल्टर नहुने भएका कारण खोलाका दुषित पानी नै पिउनु पर्ने हुन्छ –उनले भने । क्षति ग्रहस्त टयाँङ्की पुनर निर्माणमा संविन्धीत निकायले तत्काल चासो नदेखाए फेरी पनि दिगामबासीले हैजाको सामना गर्नु पर्ने खतारा भएको भन्दै उनले यो विकराल समस्याको समधानका लागि तत्काल संवन्धीत निकाय गम्भिर भई दिन आग्राह गरे । त्यस योजनाका ४२ धारा र चार वटा ट्याङ्गी मध्ये क्षति ग्रहस्त दुई वटा ट्याङ्की र अन्य भौतिक संरचना पुनर निर्माण गर्न करिव ६ लाख रुपैयाँ लाग्ने जिल्ला खाने पानी तथा सडक डिभिजन कार्यालयको आंकलन रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग