Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सम्बन्ध बिच्छेदका घटना बढदो

Published on 2:56:00 AM //

कृष्ण बिसी
नवलपरासी, साउन ३१ । नवलपरासी जिल्लामा पछिल्लो पटक सम्वन्ध विच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष ०६९-०७० मा करिब दुई सय सम्बन्ध विच्छेदका मुद्दा परेको जिल्ला अदालतले जनाएको छ ।
परेको सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ४१ मुद्दा फर्छौट भएका छन् । त्यस्तै ०६८-०६९ मा एक सय १४ सम्बन्ध बिच्छेदका मुद्दा परेको थियो भने ०६७-०६८ मा जम्मा ८८ सम्बन्ध विच्छेदको मुद्दा मात्र परेको थियो । बैदेशिक रोजगार, घरेलु हिंसाका कारणले सम्बन्ध विच्छेदका घटना बढेको जिल्ला अदालत नवलपरासीले जनाएको छ । पछिल्लो समयमा महिलाहरु शिक्षित हुन् र आत्मनिर्भर थालेपछि घरपरिवारको हिंसा बिरुद्ध आवाज उठाउन थालेका छन् ।
महिला हिंसा विरुद्ध विभिन्न संघ संस्थाले चलाउने सचेतना मुलक कार्यक्रमका कारणले गर्दा पनि यस्ता घटना बढि मात्रामा बाहिर आएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कि महिला प्रहरी सेल प्रमुख उषा ढुगांनाले बताउनुभयो । अझ अधिकाशं महिलाहरुलाई  बिभिन्न घरपरिवारको हिंसाका कारण महिलाहरु सम्बन्ध विच्छेदको बाटो रोज्न पुग्ने गरेको महिला अधिवक्ता सरस्वती शर्माले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग