Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल ब्रिटेन डट कमप्रती गुल्मी समाज युकेका सँस्थापक अध्यक्षको असन्तुष्टी

Published on 12:26:00 PM //

हेल्सिन्की, अगस्त १५ । बेलायतबाट सन्चालित अन्लाईन मिडिया नेपाल ब्रिटेन डट कममा सार्वजनिक गरिएको "बेलायतमा चर्चित १० नेपाली" मनोनयन प्रती गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष तथा सल्लाहकार ओम प्रसाद थापाले आपत्ति जनाएका छन । उक्त अन्लाईन पोर्टलले आफ्नो सातौं बार्षिक उत्सवको अवसर परेर बेलायतका सवार्धिक चर्चित दस नेपाली व्यक्तित्वको नाम घोषणा गर्दा गुल्मी जिल्ला समाज युकेबाट समाजका अध्यक्ष अर्जुन प्रसाद गौतमलाई चयन गरेको छ ।
बुधवार एक खेद पत्र जारी गर्दै थापाले समाजमा खासमा योगदान कसको हो, अध्ययन नै नगरी मनोमानी ढंगले ब्यक्तित्व चयन गरेकोमा आफु स्तब्ध भएको बताएका छन् । थापाले भनेका छन, "नेपाल ब्रिटेन डट कमले ५ अगष्ट २०१३ मा मिडिया पर्सानालिटी अफ द इयर २०१३ को छनौटमा हाम्रो गुल्मी जिल्ला समाज यूकेले गएका बर्षहरुमा झै उच्च परोपकारी काम गरेकोमा उच्च मूल्यांकन गरीदिनु भएकोमा धन्यवाद टक्राउन चाहन्छौं । तर भर्खर मात्र संस्थाको अध्यक्ष अभिभारा लिनु भएका वर्तमान अध्यक्ष अर्जुन गौतमलाई नाटकीय ढङ्गबाट सम्मानित गरेको देख्दा म स्तब्ध भएको छु । कारण जति पनि सम्पूर्ण काम म संस्थापक अध्यक्ष भएको अवधिमा गरिएको अवगत गराउनु चाहन्छु । त्यस्तै कामहरु भर्खर मात्र नवनिर्वाचित अध्यक्ष जसले संस्थाको अभिभारा लिन नपाउदै सम्पूर्ण अर्जुन गौतमले गरेको भनि व्याख्या गरेको देख्दा म अति नै दुःखित् भएको छु, गम्भिर भएको छु र स्तब्ध पनि ।"
यस बिषयमा समाजका अध्यक्ष अर्जुन प्रसाद गौतमसँग प्रतिकृया माग्दा भने उनले यस बिषयमा कुनै टिप्पणी गर्न नचाहेको बताए । गौतम भन्छन्, "यसलाई मैले गुल्मी जिल्ला समाज यूकेको वर्तमान अध्यक्षको नाताले, मलाई मात्र नभै गुल्मी जिल्ला समाजसँग आवद्ध सम्पूर्ण सदस्यहरूलाई नै सम्मान गरेको सम्झेको छु र म यसलाई सहर्ष स्वीकार गर्दछु, साथै नेपाल व्रिटेन डट कमलाई धन्यवाद दिन चाहन्छु", उनी थप्छन, "गुल्मी जिल्ला समाज यूकेका संस्थापक तथा निवर्तमान अध्यक्षले दिएको प्रतिक्रियामा मैले कुनै टिप्पणि गर्न चाहन्न ।"
हेरौँ थापाले जारी गरेको खेद पत्र जस्ताको तस्तै:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग