Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शंखेफुलको तरकारी खाँदा एकै घरका ५ जना विरामी

Published on 3:00:00 AM //

सागर भण्डारी
बागलुङ, ३१ साउन । बागलुङ जिल्लाको पाण्डवखानी गाउँ विकास समितिमा शंखेफुल भनिने स्थानिय रुपमा पाईने झार मिसाएर पकाएको तरकारी खाँदा एकै घरका ५ जना बिरामी परेका छन । मंगरबार दिउँसो आलुसँग मिसाएर बनाएको शंखेफुलको तरकारी खाएका पाण्डाखानी–६ लामपाटाका मनबहादुर श्रीस, उनकी श्रीमती डिलकुमारी श्रीस, छोरा प्रमोद श्रीस, बुहारी छमकली श्रीस र साला जितबहादुर श्रीस बिरामी परेका पाण्डवखानी स्वास्थ्य चौकी प्रमुख हेमा श्रीसले जानकारी दिनुभएको छ ।
बिरामी उनीहरुमध्ये मनबहादुर र बुहारी छमकलीको अवस्था गम्भीर रहेको छ । उनीहरु दुवैलाई पाण्डवखानी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ । अन्य ३ जनाको भने पाण्डवखानीमै उपचार भईरहेको बताईएको छ ।
बिरामी भएपछि उनीहरुलाई वाक्वाकी लाग्ने, रिङ्गाटा लाग्ने, आँखा झिलमिलाउने, बरबराउने, होस गुमाउने, हिड्दा लरबराउने जस्ता लक्षणहरु देखिएका स्वास्थ्य चौकी प्रमुख श्रीसले बताउनुभयो । घर नजिकै रहेको बारीमा उम्रीएको शंखेफुल मिसाएर पकाएको तरकारी सँगै बसेर खाएका उनीहरु बिरामी परेका स्थानिय देबराज पुनले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग