Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिज मनाउने महिलाहरु नक्कली गहनाप्रती आकर्षित

Published on 12:30:00 AM //

प्रेम सुनार
भाद्र १, गुल्मी । कुनै समय छि! मेरा त पित्तलका गहना लगायो कि कान पाक्छन् भन्ने गुल्मी बडागाउँकी मिरा सुनारले यस पालिको तिजका लागि भने ग्यारेन्टी सुनको हार र कानमा लगाउने झुम्का किनिसकिन् । एक दशक अघि सम्म उनका घरमै सुन चाँदीका गहना बनाईने गरिन्थ्यो । ‘कि त भने छानी छानी लगाउन सुनका गहना घरमैँ हुन्थे ’ मिराले भनिन् ‘ति जमना गए अहिले यिनै ग्यारेन्टी सुनका गहना सबैले लगाउन थाले र म पनि किन्न आएकी हुँ ।’ गाउँका सुनारहरु त्यो पेशाबाट पलायन भएसंगै सुनका गहना लगाउने अन्य समुदायका महिलाहरु पनि कम हुँदै गएका छन् ।
तस्वीर ः ग्यारेन्टी सुनका गहना रोज्दै तम्घास लाँकुरी मञ्चस्थित एक ग्यारेन्टी गहना पसलमा महिलाहरु
अधिकांस महिलाहरुले नक्कली सुनका सक्कली झैँ देखिने गहना लगाउन थालेका छन् । तिजले नारीहरुको महान पर्व भन्दा पनि गहना कपडा प्रदर्शन गर्ने अवसरका रुपमा स्थान लिन थालेको आलोचना गरिए पनि पछिल्लो चरण भने महिलाहरु श्रृङ्गारका अन्य कुरामा समेत मित्तब्ययी हुन थालेको देखिन्छ । विभिन्न राजनैतिक दलहरुबाट प्रशिक्षित प्रगतिशिल विचारका महिलाहरुको संख्या दिन प्रति दिन बढ्दै जान थालेकोले पनि शान शौकात प्रदर्शन गर्ने सभ्रान्त परिवारका महिलारुको मनोबल गिर्दो देखिन्छ । गत वर्ष गुल्मी ईस्माको एउटा तिजको डाँडामा त्यसरी सान सौकात देखाउने महिलाहरुलाई प्रगतिशिल विचारका महिलाहरुले एक्लाएका थिए । उनिहरु नाच्ने डाँडो नै बहिस्कार गरेर बेग्लै नाचको खाल जमाएका थिए । सारा महिलाहरु त्यतै जमेर नाच्न थालेपछि उनिहरु हिस्स परेर उनिहरु नै नाच हेर्ने दर्शक बन्नु परेको थियो ।
यस्ता विचारका महिलाहरुको संख्या बढ्दै जाँदा सदियौंदेखि महिलाहरु माथी लादिएका विभिन्न कुप्रथा हटाउन र पहिरन अनि अन्य श्रृङ्गारमा पनि पछिल्लो चरण महिलाहरु केहि कम भएको देखिन्छ । सहर वजारतिर कतै शरिर मै टाँसीएका त कतै सुत्ने बेलामा लगाउने जस्ता कपडाहरु लगाएर हिँड्ने महिलाहरु देखिए पनि उनिहरु समेत गहन्स्स लगाउने कुरामा कम रहरालु देखन्छन् । गत तिन वर्ष यता सदरमुकाम तम्घासमा तिजको चहल पहललाई विश्लेषण गर्दा चाहे गरिव होस् चाहे धनि परिवारका महिला, महँहो सुनका गहना भन्दा सस्तो ग्यारेन्टी सुनका गहनाहरु किन्न आउनहरुको बढि भिड देखिन्छ । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग