Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुधारिएको चुलोले गृहणीका आँखा उज्याला

Published on 1:02:00 AM //

शिबलाल सुबेदी
गुल्मी १ भदौ ,जिल्लाको पल्लीकोट गाविसकी ५६ बर्षिय चन्द्रकला सिजालीको आखाँबाट आशुँ नचुहुने कुनै दिन थिएन । प्रत्येक दिनको बिहान साझँ भान्सामा बस्नु पर्ने बाध्यता त छदै थियो ,त्यस माथि आखाँबाट आशुँ आउने तथा आखाँ दुख्ने समस्याले समेत सताउँथ्यो चन्द्रकलालाई । साथै जंगलबाट लिएका काचाँ रुखका दाउराहरु ।
इटा भट्टीहरुबाट झैँ घरबाट निस्कने पुतपुते धुवाँको मुस्लो । लाग्थ्यो साँच्चै भान्सामा खाना बनाउने होईन कि कुनै कारखाना कोइलाबाट चल्दै छ । भान्सामा बस्ने गृहणीको त आखाँबाट सधै आँशु बगिरहने गर्दथ्यो त घरमा आउने नयाँ पाहुनाहरुले समेत आखाँ मिच्दै आशुँ झार्नु पर्ने बाध्यता थियो । कहिलेकाही त चन्द्रकलालाई यस्तो धुवाँ निस्कने भएर भान्सामा खाना बनाउदै गरेको समयमा सकभर कोही पाहुनाहरु नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । तर पाहुना आएपनि सहनै पर्ने बाध्यता ।
पाहुनाका रिसले भान्सामा धेरै धुवाँ निकालिएका जस्तै भान हुने । सधै भान्सामा खाना बनाउदाँ आखाँबाट आशुँ झर्ने भन्द्रकला सिजालीलाई आजभोली भने न आखाँबाट आशुँ बगिरहन्छ नत नाकबाट सिगान नै । उहाँको यस्तो समस्या घरमा सुधारिएको चुलो प्रयोग गर्न थालेपछि हटेको छ । घरमा सुधारिएको चुलो प्रयोग गर्न थालेपछि आफुजस्ता सयौ गृहणीहरुका लागि धुवाँको झन्झट हटेको चन्द्रकलाको भनाई रहेको छ । गाउँभरिनै अहिले सुधारिएको चुलोहरु बनेका छन यसले हामीहरुको दुःख टरेको छ चन्द्रकलाले भन्नुभयो “ यस चुलोमा खाना बनाउन थालेपछि स्वास्थ्यमा धेरै फाईदा हुनुका साथै दाउरा समेतको बचत भएको छ ।” शुरु शुरुमा सुधारिएको चुलो प्रयोग गर्न असजिलोभएपनि आजोली यसैमा बानी परेको छ उहाँले दैनिकपत्रसगँ भन्नुभयो ।
चन्द्रकला मात्र होईन अहिले पल्लीकोट गाविसमा सबै गृहणीहरुमा सुधारिएको चुलोको प्रयोगले धेरै खुसीयाली छाएको छ । पल्लीकोट गाविसकी ६१ बर्षिय लक्ष्मी गाहा मगरले पनि घरमा सुधारिएको चुलो प्रयोग गर्न थालेपछि आफुमा धेरै खुसी लागेको बताउनुभयो । धुवाँ नआउने चुलो हुन्छ भनेको सुन्दा अचम्म लागेको थियो तर अहिले आफ्ै सुधारिएको चुलो बनाएर प्रयोग गर्न थालेपछि खुसी लागेको छ लक्ष्मीले भन्नुभयो । “मैले त योसुधारिएको चुलो धेरै महङ्गो अनि सिमेन्टले बनाएको हुन्छ होला भनेकी थिए, यो त माटोकै हुँदो रहेछ उहाँले भन्नुभयो ।” मलाई लामो सयमदेखि आखाँ पोल्ने तथा खोकी लाग्ने समस्या थियो अहिले सुधारिएको चुलोको प्रयोग गर्न थालेपछि त्यस्तो समस्या बिस्तारै हटेको छ  लक्ष्मीले भन्नुभयो । पुरानो खाले चुलोमा खाना बनाउदा घरभित्र पुरै धुवाँले भरिभराउ हुन्थ्यो तर अहिले यो नयाँ किसीमको चुलो निमार्ण गरेर खाना बनाउन थालेपछि सबै धुवाँ बाहिर जादो रहेछ, सानो कोठामा खाना बनाउदाँ पनि कोठा सफा सुग्घर हुदो रहेछ उहाँलेभन्नुभयो ।
शुरु शुरुमा बृद्ध बृद्धाहरुले आगो ताप्न नमिल्ने भन्दै सुधारिएको चुलो प्रयोग गर्न गाह्रो मानेका थिए । तर धुवाँ नहुने, दाउराको बचत हुने,खाना तातै रहने र भान्सा कोठा लगायत घर पनि सफा हुने भएकाले बृद्ध बृद्धाहरु यसैमा बानी पारेका छन । धुवाँ नहुने भएपछि वालवालिका, गर्भवती महिला तथा सुत्केरी महिला र बिरामीहरुलाई सहज भएको छ । यस चुलोको प्रयोगले जलवायु परिर्वतन न्युनिकरणमा समेत सघाउ पु¥याउने बिश्वास लिएको छ । दाउरा कम लाग्ने भएकाले बन जगंलको सरक्षण हुन थालेको स्थानीयहरु बताउछन । घरघरमा सुधारिएको चुलो पाएपछि गाउँलेहरु दगं परेका छन ।
पल्लीकोट गाविसमा सरकारी तथा गैरसरकारी सघं सस्थाहरुको पहलमा सबै घर धुरीहरुमा सुधारिएको चुलो बनाएर गाउँलाई घर भित्रको बायु प्रदुषणरहित गाविस घोषणा समेत गरिएको छ । गाउँलाई नै धुवाँरहित घोषणा गरेपछि गृहणीहरु धुवाँबाट मुक्त भएका छन । अधिकाशं मगर र दलित बस्ती रहेको पल्लीकोट गाविसलाई जिल्ला विकास समिती गुल्मी ,नव प्रभात युवा सघ,नविकरणीय उर्जा आर्थिक विकास सघं रेडा पाल्पाको प्राबिधिक तथा आर्थिक सहयोग र गाविसको सहयोगमा सबै घरहरुमा सुधारिएको चुलो निमार्ण भएका छन । गाविसलाई धुवाँरहित गाविस घोषणा गर्ने अभियान शुरु गर्नुभन्दा पहिले १ सय ७८ घरमा सुधारिएको चुलो रहेको र पछि ४ सय ५२ घरमा सुधारिएको चुलो बनाउने अभियान नै शुरु गरेरचुलो निमार्ण गरिएको रेडा पाल्पाका गुल्मी कार्यक्रम प्रमुख ज्ञान बहादुर महताराले जानकारी दिनुभयो । साथै पल्लीकोट गाविसका ६ सय ४० सबै घरहरुमा अहिले सुधारिएको चुलो र शौचालय निमार्ण भएका छन । पल्लीकोट गाविस हर्दिनेटा गाविस पछिको दोस्रो घरभित्रको धुवाँरहित गाविस हो । अहिले जिल्लामा हर्दिनेटा, पल्लीकोट र म्यालपोखरी तीन गाविस घर भित्रको धुवाँरहित गाविस घोषणा भएका छन । पल्लीकोट गाविस अहिले सफा सुग्घर र चिटीक्क भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग