Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङगा मेला सकियो

Published on 9:27:00 PM //

संगिता कुवँर
श्राबण ३२, गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा एक महिनाभर लागेको साउने मेला आजदेखि सकिएको छ ।
यस वर्ष गत बर्षको तुलनामा भक्तजनहरुको उपस्थिती कम भएको रेसुङ्गा संरक्षण समितिले जनाएको छ । नियमित सवारी साधन नचल्दा र वाटो पनि अप्ठ्यारो भएका कारण भक्तजनको उपस्थिती कम भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रवहादुर भुजेलले वताउनुभयो । गत वर्षदेखि दैनिक यातायातको व्यवस्था गरिएपनि नियमित नहुँदा र मनपरी भाडा लिँदा भक्तजनको उपस्थिती कम भएको उहाँले वताउनुभयो ।
समितिका अनुसार यस अवधिमा भेटी तथा दानवाट २ लाख ८० हजार आम्दानी भएको छ । ब्राम्हण दक्षिणा सहित २ लाख ७८ हजार खर्च भएको समितिका अध्यक्ष भुजेलले वताउनुभयो । धार्मिक तथा पर्यटकिय दृष्टिले महत्वपूर्ण रेसुङ्गामा प्रत्येक वर्ष साउन महिनाभर विशेष मेला लाग्ने गर्दछ । रेसुङ्गाको पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
रेसुङ्गामा दर्शनार्थीको घुँईचो । तस्बिर: घनश्याम गौतम  
रेसुङ्गा पर्यटकीय दृष्टिले महत्वपुर्ण भएपनि सरोकारवालाको वेवास्ताका कारण अपेक्षाअनुसार विकास हुन सकेको छैन् । रेसुङ्गाको विकासको लागी भन्दै सरकारले रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास कार्यालय स्थापना गरेपनि प्रभावकारी काम गर्न नसक्दा रेसुङ्गा क्षेत्रको विकास हुन नसकेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रवहादुर भुजेलले आरोप लगाउनुभयो । उहाँले प्रत्येक वर्ष सरकारले छुट्याउने वजेट पहुँचका आधारमा अन्यत्रै खर्च गरिँदा यसको विकास पछाडि परेको वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग