Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मंगलादेवी सिंहको स्मृतीमा शोक सभा सम्पन्न

Published on 2:24:00 AM //

बिशाल भट्टराई
गुल्मी, भदौ १० । नेपाली कांग्रेस तम्घास गाउँ समितिले नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गिय मंगलादेवी सिंहको स्मृती दिवसको अवसरमा आज एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस गुल्मीका सचिव विष्णु वलालले सिंहले देखाएको प्रजातान्त्रीक समाजमा महिलाको भूमिका स्मरण योग्य रहेको बताउनुभएको थियो । साथै सिंहले कल्पना गरेको प्रजातन्त्र स्थापनाको लागि अहिलेका महिलाहरु एक ढिक्का हुनुपर्नेमा समेत वलाले बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका सचिव छन्द पहराई, जिल्ला सदस्य हरी केसी, नेविसंघका जिल्ला सभापति कृष्ण अर्याल, नेपाली कांग्रेस तम्घासका पूर्व सभापति राजेन्द्र प्रसाद श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस गाउँ सभापति अमृत कुँवरको सभापतित्व, नेपाल महिला संघकी सदस्य लक्ष्मी पाण्डेको स्वागत तथा सचिव अम्बिका श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग