Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रचण्ड विरुद्ध अवलेहलनाको मुद्दा

Published on 9:55:00 PM //

काठमाडौं, भदौ १० - अदालतको मानहानी गरेको भन्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले अदालतलाई धम्की दिएर कार्यसम्पादनमा बाधा हाल्न खोजेको दावी सहित प्रचण्डविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।

अधिवक्ता त्रिपाठीले प्रचण्डलाई सशरीर अदालतमा उपस्थित गराउन माग गर्नुभएको छ । रिटमा माग दावी गरिए अनुसार दोषी पाईए प्रचण्डलाई अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्न सक्नेछ ।

एक हप्ताअघि प्रचण्डले अदालत भनेको के जात हो भन्दै आफ्ना कार्यकर्ताका मुद्दा उल्टाए विद्रोह गर्ने चेतावनी दिएकोमा त्यसको आलोचना हुँदै आएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग