Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपालमै नमुना बनेको खानेपानी योजना पहिरोले बगाएपछि गाउँलेलाई समस्या

Published on 7:28:00 PM //

घनश्याम गौतम
गुल्मी– फिनल्याण्ड सरकारले निर्माण गरिदिएको नेपालकै नमुना खानेपानी योजना पहिरोले बगाईदिएपछि दिगामका दुई वडाका १ सय ८० घरधुरी खानेपानीबाट प्रभावित भएका छन् ।
 
ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (फिनिडा)ले निर्माण गरिदिएको दिगामको मौलिपुर खानेपानी योजनाको सेडीमेन्टेसन ट्याङ्की, १ सय ५ मिटर जिआई पाईप, संकलन चेम्बर दिगाम १ र ३ वडाको बिचमा पर्ने धारादी पहिरोले एकसाता अघि बगाईदिएपछि स्थानीय बासिन्दा प्रभावित भएका हुन् । ट्याङ्की नै बगेपछि १ सय ८० घरधुरीका बासिन्दा खानेपानीका लागि डेढ घण्टाको पैदल दुरीमा रहेको सातमुरे पुगेर खोलाको पानी खान बाध्य भएको मौलीपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष बामदेव पन्थले बताए ।
 
२०५१ सालमा २२ लाख लागतमा फिनल्याण्ड सरकारले निर्माण गरिदिएको मौलिपुर खानेपानी योजना फिनल्याण्ड सरकारले निर्माण गरिदिएको नेपालकै नमुना खानेपानी योजना हो । निर्माण शुरु गरेको ३९ दिनमै सम्पन्न भएको योजनाको ट्याङ्कीमा आउने खोलाको पानी दुई भागमा प्रशोधन भएर मात्र ट्याङ्कीमा पुग्दछ ।
 
२०५१ सालमा फिनल्याण्डका कार्यवाहक राजदुत इशाहुर्दिकले योजनाको उद्घाटन गरेका थिए । नमुना योजना भएकै कारण फिनल्याण्डका सांसद र विद्यार्थीहरु समेत आएर योजनाको अवलोकन गरेका थिए । अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको सेडीमेन्टेसन ट्याङ्ककीमा समस्या आएपछि २०५६ सालमा खोलाको पानी सिधै खा“दा गाउ“घर पैmलिएको हैजाले ६ जनाको मृत्यु भएको थियो । अहिले ट्याङ्की नै बगेपछि गाउ“मा खानेपानीको हाहाकार भएको र सिधै खोलाका पानी खा“दा पहिला भैm हैजा पैmलिने चिन्ता बढेको अध्यक्ष पन्थले बताए ।
 
‘पहिला पनि खानेपानीकै कारण ६ जनाको मृत्यु भयो’, अध्यक्ष पन्थले भने, ‘अहिलेपनि त्यही पहिरोले ट्याङ्की नै बगाईदिएकाले अर्को समस्या आउने हो कि भन्ने चिन्तामा छौं । सिधै खोलाको पानी लगेर खा“दा फेरी पनि हैजा पैmलने डर र ट्याङ्की निर्माणका लागि तत्काल कम्तिमा ७ लाख रुपैंया आवश्यक भएको पन्थले बताए ।
 
योजनाबाट ४ ट्याङ्की मार्पmत ४२ धारामा पानी वितरण गरिएको छ । बर्षौं देखि खानेपानीका लागि प्रयोग गर्दै आएको योजना नै पहिरोले बगाईदिएपछि डेढ घण्टा टाढाबाट खानेपानी बोक्नुपर्ने बाध्यताले घर परिवार र बालबालिकालाई बढी समस्या पर्ने गरेको दिगाम, ६ का नन्दबहादुर दमाईले बताए । ‘केटाकेटीको विहान खानेपानी बोक्दाबोक्दै बित्ने गरेको छ’, नन्दबहादुरले भने, ‘समयको बर्बाद त छ“दैछ, पहिला भैm हैजा नै पैmलिने हो कि भन्ने अर्को ठुलो चिन्ता भयो ।’
 
योजनाको तत्काल मर्मत र समस्या समाधानका लागि आवश्यक पर्ने सहयोगका लागि जिविस, खानेपानी कार्यालयमा आग्रह गरेको अध्यक्ष पन्थले बताए । खानेपानी कार्यालयका निमित्त प्रमुख कमल अर्यालले तत्काल खानेपानी सुचारु गर्नका लागि १ सय मिटर पोलिथिन पाईप उपलब्ध गराईएको भएपनि अन्य समास्या समाधानका लागि तत्काल केही गर्न नसकिने बताए । ‘समितिले माग गरेको १ सय मिटर पाईप उपलब्ध गराएका छौं’, अर्यालले भने, ‘ट्याङ्की र बा“ध निर्माणका लागि भने अहिल्यै केही गर्न सकिंदैन ।’

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग