Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतार पुगेको तीन महिना नबित्दै लडेर मृत्यु

Published on 7:23:00 PM //

बागलुङ - कतारको एक कम्पनीमा कार्यरत बागलुङका डोलबहादुर खड्काको कामकै सिलसिलामा ज्यान गएको छ। चार महिनाअघि रोजगारीका लागि कतार पुगेका पालाकोट गाविस–३, का ५३ वर्षीय खड्काको गत असार २७ गते मृत्यु भएको हो। एक महिनाअघि नै मृत्यु भएको भए पनि शनिबार मात्रै थाहा भएको थियो।

अबु हमार भन्ने स्थानमा रहेको सप्लाई कम्पनी अल–इट्पान मेन्ट ट्रेडको भवन निर्माणका क्रममा तीनतला माथिबाट खसेर खड्काको मृत्यु भएको कतारबाट उहाँका भतिज कुमार खड्काले बताए। मृतक खड्का मिलिनियम मेनपावर कम्पनीबाट गत चैतमा कतार गएका थिए। 

खड्काले भने, 'धेरै टाढाको सहरमा घटना भएको हुँदा हामीले थाहा पाएनौँ, गत शनिबारमात्रै उहाँको मृत्यु भएको खबर पायौँ।' खड्का पनि विगत आठ वर्षदेखि कतारमै कार्यरत थिए। 

एक महिनाअघि नै घटना भएको भए पनि गत शनिबारमात्रै मृत्युको खबर पाएको खड्काको भनाइ छ। 

खड्काको शव सोमबार राति नेपाल ल्याइएको छ। 'कतार आएको तीन महिना पूरा नहुँदै यस्तो घटना भयो', कुमारले भने, 'कतारमा रहेका नेपालीको अवस्था ज्यादै कठिनाइपूर्ण छ, मृत्यु भएको खबर पनि कसैलाई थाहा हुँदैन।' मृतक काकाको शव हेर्नका लागि अस्पतालले अनुमति नदिएको खड्काले गुनासो गरे ।

दुई श्रीमती सात छोराछोरीका अभिभावक रहनुभएका खड्काको मृत्युले परिवार शोकमा डुबेको छ। 'परिवारको लालनपालन र भविष्यको चिन्ता थपियो अब कसरी परिवार धान्ने हो' उहाँका दाजु धनबहादुर खड्काले भने, 'परिवारकै जीविकाका लागि विदेश गएको थियो, आफैँ नफर्कने गरी गयो। -रासस 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग