Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओबादी तम्घास ८ मा कमिटी गठन

Published on 1:20:00 AM //

प्रेम सुनार
साउन २९, गुल्मी । एकिकृत नेकपा माओवादीले तम्घास ८ मा आज वडा कमिटी गठन गरेको छ । मंगलवार वडा नम्वर ८ को भुजेलखर्कमा भएको भेलाले पुष्पा पन्थीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
युद्धकाल र शान्ति प्रकृया पछि संविधान सभा चुनाव सम्म त्यस वडामा कमिटी गठन गर्न नसकेको एमाओवादीले केहि दिन अघि अन्य पार्टीबाट सो पार्टीमा कार्यकर्ता प्रवेश गरेपछि बल्ल मंगलवार वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रामबहादुर चुँदरा, सचिव झमबहादुर वि.क., सह सचिव कला चुँदरा, कोषाध्यक्ष चुदरा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रमेश चुँदरा, कृष्ण चुकला चुँदरा, हरि चुँदरा , ऋषिराम चुँदरा, पार्वती चुँदरा रहेका छन् ।
त्यस्तै नारायण पन्थी, शान्ताराम पौड्याल, कल्पना चुँदरा, रामबहादुर खड्का, गुप्त सुनार, पवित्र  सुनार र निरा सुनार कार्य समिति सदस्यमा चययन भएका छन् । वडा कमिटी एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक सुदर्शन वरालको प्रमुख आतिथ्यतामा गठन भएको हो । कार्यक्रममा तम्घास गाउँ कमिटी अध्यक्ष धर्म विश्वकर्मा, सदस्य पार्वता चुँदरा, गणेश चुँदरा लगायतको आतिथ्यता थियो । गाउँ कार्य समिति सदस्य पार्वता चुँदराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग