Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कविता: सोँचे जस्तो रहेनछ विदेश

Published on 9:11:00 AM //

-यम लाल बेलबासे 
सोचेको जस्तो रहेनछ विदेश, दु:ख कठिनाइ मात्र रहेछ यहाँ ।
घरको याद आउछ अती, के गर्दै होलिन्न प्रियसी त्यहाँ ।।

दिन त जसरि तसरी काटिन्छ यहाँ, रात काट्न साह्रो भो ।
गाउँको याद प्रियको साथ, भुल्नलाई गाह्रो भो ।।

ति मेरी आमा, ती मेरा बाबा, झन् बुढा भा होलान् ।
दु:ख बिमार पर्दा हेर्ने कोहि छैन मलाई सम्झी रोहोलान् ।।

ति लाला बाला के गर्दै होलान्, चाडबाड आउँदा ।
मै आउने बाटो हेर्दा होलान् कोहि लाहुरे आँउदा ।।

जुन लक्षय बोकी आको थेँ प्रदेश भएन त्यो पुरा ।
फर्कदैँ छु यो मरुभुमिबाट खाली झोला बोकेर ।।

               गुल्मी दिगाम
               हाल- बहराइन

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग