Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ने.वि.संघ गुल्मीलाई अधिवेशनको चटारो (अडियो)

Published on 2:39:00 AM //

प्रेम सुनार
भदौ ४, गुल्मी । आगामी भादौ १२ र १३ गते सदरमुकाम तम्घासमा हुन गईरहेको नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला अबिधेशन तयारीका लागि सो संगठनका विद्यार्थीहरु असारे पन्ध्रका कृषकहरु झै ब्यस्त भएका छन् ।
माउ पार्टी नेपाली कांग्रेस विभाजनताका भएको अबिधेशन पश्चात अहिले सात वर्षपछि हुन गई रहेको अधिवेशनलाई सो संगठनले  निकै महत्वका साथ लिदै भब्यरुपमा सम्पन्न गर्न अर्थिक संकलन, क्षेत्रिय अधिवेशन गर्ने लगातका कार्यमा उनिहरु ब्यस्त भएका हुन् । ने.वि. संघ जिल्ला सभापति कृष्ण अर्यालले भदौ १० गते सम्म जिल्लाका ३ वटै क्षेत्रका अधिवेशन सम्पन्न गर्ने र भदौ १२ र १३ गते जिल्ला अधिवेशन गर्ने तयारीका लागि आफु र सवै साथीहरु ब्यस्त रहेको बताए ।
क्षेत्रिय अधिवेशन तयारीका लागि १ नम्वर क्षेत्रमा पोशकान्त न्यौपाने, २ नम्वर क्षेत्रका लागि नेत्र पाण्डे र  ३ नम्वर क्षेत्रमा निर्मला पन्थीलाई खटाईएको उनले जानकारी गराए । पार्टी विभाजनको बेला संस्थापन पक्ष नेपाली कांग्रेसबाट ने.वि.संघ जिल्ला सभापति प्रेम पुन निर्वाचित भएका थिए भने देउवाले नेतृत्व गरेको नेपाली काग्रेस प्रजातान्त्रिकको विद्यार्थी संघका जिल्ला अध्यक्ष कृष्ण अर्याल निर्वाचित भएका थिए ।
पार्टी एकिकरण पछि अध्यक्ष उनै अर्याल अनुमोदित भएपछि सात वर्षदेखि नेतृत्व गरिहेका थिए । अव भने साथीहरुलाई नेतृत्व हस्तान्तरण गर्ने बताउने अध्यक्ष अर्यालसंगं अधिबेशनको तयारी कस्तो छ त ? भनेर सोधेका थियौ, सुनौ उहाँसंग सहकर्मी प्रेम सुनारले गर्नुभएको रेडियो कुराकानी:

Tags: ,

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग