Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी मगराँत राज्य समितिको बैठक बस्दै, ९ जिल्लाका उमेदवार सिफारिसमा घम्साघम्सी हुँदै

Published on 7:28:00 PM //

प्रेम सुनार
भाद्र ९,गुल्मी । एकिकृत नेकपा माओवादी मगराँत राज्य समिति बैठक अव केहिबेर पछि राज्य समिति कार्यालय पाल्पामा बस्दै छ । रुकुम, रोल्पा,सल्यान, प्युठान, अर्घखाँची,गुल्मी,बाग्लुङ्ग,म्याग्दी र पाल्पा सहित ९ जिल्ला कमिटीबाट सिफारिस भएका सभाषद उमेदवार विच चर्को घम्सा घम्सी चल्ने श्रोतले बतायो ।
 
‘९ वटा जिल्लाका संयोजक र क्षेत्रिय संयोजक सहित राज्य समिति संयोजक लोकेन्द्र बिष्ट मगर  लगायत सहभागि हुने ‘बैठक अव केहि बेरमा बस्दै छ,गुल्मी क्षेत्र नम्वर २ वाट उमेदवारीको सिफारिसमा परेका गुल्मी जिल्ला प्रचार विभाग प्रमुख अशोक थापा मुक्तिले  भने ‘कार्यकर्ताको  मनोभावना अनुसार निर्णय नभए घम्साघम्सी नहुने त कुरै भएन् । ’श्रोतका अनुसार हिजो गुल्मी जिल्ला कमिटीले सिफारिस गरेका २५ जना मध्ये चार ३ जनाको नाम काटेर राज्य समितिमा लगिएको छ ।
क्षेत्र नम्वर १ वाट जिल्ला संयोजक सुदर्शन बरालले छाडेमा क्षेत्रिय संयोजक युवराज के.सी.को उमेदवारी  पक्का जस्तै भएको छ । तर सामनुपातिकमा भने अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्या सिर्जना तरामु,शहिद परिवार राधा राहदी र बाबुराम खरेल विच चर्को प्रतिष्पर्धा हुने देखिएको छ ।
क्षेत्र नम्वर २ मा अशोक थापा मुक्ति, गणेश बिश्वकर्मा, मानिराम ज्ञवाली ,शेरबहादुर सर्तुङ्गे विच प्रतिष्पर्धा चन्ने बताईन्छ । समानुपतिक तर्फ दलितबाट गणेश बिश्वकर्मा र जन जातीबाट खुमबहादुर थापा विच फैसाला पनि आजै हुने छ ।
तर क्षेत्र नम्वर ३ मा भने पुर्व सभाषद सागरले पहिला नउठने र अहिले उठ्छु भन्ने चर्चाले केन्द्रिय सदस्य वामदेव क्षेत्री विच चर्काचर्की हुने बताईएको छ । त्यस्तै अर्का केन्द्रिय सदस्य दिनेश पन्थी, क्षेत्रिय संयोजक
वुद्धि जिसी र देविराम अर्याल (अमृत ),भुपाल पोखरेल मध्ये एकलाई उमेदवार बनाउनु पर्ने त्यस क्षेत्रका जिल्ला सदस्यहरुको माग रहेको छ ।
पुर्व सभाषद सागरले मानेको खण्डमा वामदेव क्षेत्रीको सम्भावना बढेर गएको बताईएको छ ।  सामनुपातिकमा भने निमबहादुर पाण्डे, ज्ञानकुमार बुढा (अर्जुन )सुर्यबहादुरु बुडाथोकी ,टंकपोखरेल, सहिद परिवार घनश्याम पराजुली लगायत विच घम्साघम्सी पर्ने बताईएको छ ।
यता गुल्मीमा हिजैदेखि विवाद  सुरु भएको छ । जिल्ला सदस्यहरुले सिफारिस गरेको आधारमा जिल्ला संयोजक सुदर्शन बरालद्धरा जारी विज्ञप्तीमा नाम नआएको भन्दै राज्य समिति सदस्य भुपाल पोखरेलले असन्तुष्टी जाहेर गरेका छन् । ‘
क्रमबद्ध उमेदवार सिफारिसको नाम राख्निे भए त्यही अनुसार राख्नु पर्दथ्यो’ पोखरेलले भने ‘
त्यो नभए वरियता क्रम अनुसार राखिनु पर्दथ्यो त्यसो नगरी मनोमानी ढंगबाट राखिएको नामप्रति मेरो
असन्तुष्टी हो । ’उनको यस्तो असन्तुष्टीबाट आजदेखि अल्फावेट अनुसार नाम सिफारिस गरिने भएको बताईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग