Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परिश्रमीलाई श्रीमानकै भर पर्नु पर्दैन

Published on 7:39:00 PM //


पि.एम.मगर
गुल्मी, भदौ ९ । आफु र आफ्ना परिवार पाल्नका लागि श्रीमानकै भर पर्नुपर्ने ग्रामिण क्षेत्रका प्राय महिलाहरुलाई यथार्थतालाई चिर्दै गुल्मी बलिथुम वार्ड नं. ७ छेउवारी निवासी मनिकला वलालले भने यतिवेला ती महिलाहरुका लागि एउटा गतिलो उदहारण प्रस्तुत गर्नुभएको छ ।
वलालले आफ्नै सामान्य लगानी तथा परिश्रममा टमाटर खेती गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ। सोही पेशावाट वलाललाई आफ्नो दुई छोरी र एक छोरालाई सजिलैसँग खानपानदेखि विद्यालयमा पढाउन कुनै समस्या छैन । श्रीमान रोजगारका लागि भारतमा रहेको वताउँने वलालले घरमा आफुले लगाएको टमाटर खेतीवाट आएको आम्दानीले घरखर्च तथा छोरा छोरी पढाई खर्च सजिलैसँग पु¥याएको वताउनुभयो । उहाँले वारीमा मकै छरेको भए एक दुई डोको मात्र आउथ्यो तर टमाटरले निक्कै उत्साह थपेको वताउनुभयो । टमाटरको राम्रो उत्पादन भएको र वारीवाटै विक्री वितरण हुने गरेको छ । यसले गर्दा थप उत्साह थपेको उहाँले वताउनुभयो। दिनको करिव २० देखि ३० किलोसम्म वारीवाटै टमाटर विक्री हुने गरेको छ । आफुले कुनै तालिम पनि नलिएको भएपनि रेडियो रेसुङ्गा लगायत विभिन्न संचार माध्यमवाट टमाटर खेती लगाउने विषयमा जानकारी पाएपछि आफु यस खेती गर्नतर्फ उत्प्रेरित भएको वताउँदै वलालले शुरुमा गाउँलेले एक्लै यो खेती गर्न सक्दैनौँ भन्दा जाँगर पनि मरेको तर पछि मनमा आँट र परिश्रमका साथ यो खेती गर्न शुरु गरेको र सफल पनि भएको वताउनुभयो ।  
अहिले आफ्नो टमाटर खेती र यसको आमदानी देखेपछि गाउँका धेरैजसो कृषकहरु आकर्षित भएको र यसको वारेमा आफुसँग परामर्श लिन थालेको उहाँले वताउनुभयो । अहिले उहाँले उत्पादन गरेको टमाटरले बलिथुम गाविससँगै छिमेकी गाविस पराल्मी रातामाटा, जुभुङ्ग झिर्वास, गौडाकोट लगायतका स्थानमा वजार पाएको छ । टमाटर खेतीवाट हौसिनुभएका वलालले आगामी दिनहरुमा टमाटरसँगै वन्दा, काउली, सिमी, खुर्सानी लगायतका तरकारीहरुको खेती पनि गर्ने सोँच वनाउनुभएको छ । विदेशी भुमिमा लगानी गरिने रकम र परिश्रम यही भुमिमा लगाउन सके जो कोही पनि सफल हुने उहाँले विदेश जानेहरुलाई सुझाव दिनुहुन्छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग