Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय मगर संघको विस्तारित बैठक सम्पन्न

Published on 2:30:00 AM //

पि.एम.मगर
गुल्मी, भदौ ८ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ गुल्मीको विस्तारीत बैठक हिजो शुक्रबार सदरमुकाम तमघासमा सम्पन्न भएको छ । वैठकवाट आसन्न संविधानसभाको दोस्रो निर्वाचनलाई केन्द्रीत गर्दै विभिन्न विषयमा छलफल गरी रणनीति तय गर्नुका साथै कार्यक्रमहरुलाई गाउँ तहसम्म पु¥याउने बताउनुभयो । वैठकलाई संवोधन गर्दै प्रमुख अतिथि संघका केन्द्रीय सदस्य श्रीप्रसाद भलामीले काँग्रेसको नीतिलाई थप मजवुद वनाएर लैजान र आफ्ना जातिय पहिचान संवन्धी विभिन्न हक अधिकारहरुलाई स्थापित गर्न संघ लागिरहेको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले दुई तिहाई मत नल्याएसम्म देशले चाहे अनुसारको संविधान बन्नै नसक्ने ठोकुवा गर्नुभयो । ४÷४ पटक सरकार फेरिँदासम्म कम्यूनिष्ठहरुले संविधान दिन नसकेको बताउँदै अवको निर्वाचनवाट नेपाली काँग्रेसले नेतृत्व लिने बताउनुभयो । त्यसका लागि नेपाल राष्ट्रिय मगर संघलाई गाउँ तहसम्म लैजाने अभियानका साथ आफु पनि लाग्ने बताउनुभयो । देशलाई धनी बनाउन चाहाने, गरिव जनतालाई धनी बनाउन चाहाँने पार्टी भएकाले नेपाली काँग्रेस धनी पार्टी भएको बताउनुभयो ।
त्यस्तै अर्का अतिथि काँग्रेसका जिल्ला सचिव छन्दबहादुर पहराई मगरले कम्यूनिष्टहरुले मगरहरुको कुरा गर्ने र मगरलाई नै ठग्ने गरेको आरोप लगाउनुभयो । उहाँले इतिहाँस भनेको जित्नेको हो हार्नेको होईन भन्दै त्यो लडाँईमा उत्रिने बेला आएको बताउनुभयो । देशले हेर्ने र गर्ने विभेद त छँदैछ त्यसमा पनि राजनीति चासोको कमी, ज्ञानको अभाव र आफुलाई चिन्न नसक्दा मगर समुदाय पछि परेको बताउँदै पहराईले अब सशक्त रुपमा मैदानमा उत्रिनुपर्ने बेला आएको बताउनुभयो । त्यस्तै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी बेद मगरले आसन्न निर्वाचनलाई केन्द्रीत गरेर यसलाई थप सशक्त बनाई लैजानुपर्नेमा जोड दिनुभयो ।
सोही वैठकमा सहभागी भेलावाट नेपाल राष्ट्रिय मगर संघको तमघास गाउँ समितिको समेत गठन गरिएको छ । समितिको अध्यक्षमा धनबहादुुर श्रीस, उपाध्यक्ष रविन्द्र श्रीस, सचिव भगवती श्रीस, कोषाध्यक्ष पदम पुन सदस्यहरुमा विष्णु श्रीस, धनबहादुर थापा, राजु भलामी, विष्णु श्रीस र विष्णुमाया श्रीस निर्वाचित हुनुुभएको छ । निर्वाचित समितिलाई टिकाले सम्मान तथा स्वागत गर्दै प्रमुख अतिथि संघका केन्द्रीय सदस्य भलामीले कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा समितिका नवनिर्वाचित अध्यक्ष श्रीसले पार्टीको नीति निर्देशनमा रही पुर्ण बफादार तरिकाले आफुले समितिलाई लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । संघका जिल्ला अध्यक्ष हिरासिँह सराङ्गकोटी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भरत भलामी मगरले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग