Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१८ वर्षपछि विष्णुको सम्झनामा गाईजात्रा निकालियो (फोटो फिचर)

Published on 2:27:00 AM //

प्रेम सुनार
भदौ ६, गुल्मी । तम्घासको पुरानो बजारकी स्वर्गिय विष्णुकुमारी श्रेष्ठको सम्झनामा मृत्युको १८ वर्षपछि बिहीवार उनको घरबाट गाईजात्रा निकालेका छन् तम्घासका नेवार समुदायले । नेवारी परम्परा अनुसार श्रीमानको मृत्यु नभए सम्म मृतक श्रीमतीको सम्झनामा गाईजात्रा निकाल्न नहुने भएकोले उहाँका श्रीमानको यसै वर्ष मृत्यु भएकोले १८ बर्षपछि उहाँको सम्झनामा गाईजात्रा निकालिएको त्यो समुदायका अगुवा राजकुमार श्रेष्ठले बताउनुभयो ।
विष्ण कुमारीको २०५२ सालमा मृत्यु भएको थियो भने श्रीमान युवराज श्रेष्ठको गत साउन ६ गते निधन भएको थियो । तम्घासमा नेवार समुदाय बसोबास गर्न लागेदेखि नै गाईजात्रा लगायतको नेवारी साँस्कृति संरक्षण गरिँदै आएको नेपाल पत्रकार संघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । गाईजात्रा तम्घास वजार परिक्रममा गरी पुरानो वजारस्थि स्वर्गिय श्रेष्ठ दम्पत्तीमा केहिबेर परम्परा अनुसारको प्रहशन गरी गणेश मन्दिरमा लगेर भित्राईएको थियो ।
दिवंगत आत्माको सम्झनामा आवश्यक कर्मा काण्ड पुरा गरी गाईजात्रा निकाल्दा मृतकहरु बैतर्नी तर्छन भन्ने जन बिश्वास रहेको छ । उता छिमेकी जिल्ला अर्घाखाँचीको अर्घातोष, गुल्मीको वामी टक्सार, वलेटक्सार, जुभुङको हटिया, अस्लेवाको हटिया, रुद्राबेणी र रिडीमा पनि भब्य रुपमा गाईजात्राको झाँकी निकालिएको थियो ।




Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग