Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मेरो रेसुङगा बचाईदेउ

Published on 3:47:00 AM //

-संगिता कुवँर 

मलाई बचाई दिने मेरो रेसुङगा बचाईदेउ,
म रोएर केही हुँदैन  मेरो रेसुङगा हँसाईदेउ ।।

सुन्दै छु यता कता रुँदै छ रे रेसुङगा 
बचाओ भन्दै रुँदै छ मेरो रेसुङगा बचाईदेउ ।।

पबित्र भनेको त दुषित बन्दै छ रे आजकल 
अब त केही गर्नु प¥यो मेरो रेसुङगा बचाईदेउ ।।

यति सुन्दर प्यारो रेसुङगा अन्त कहाँ पाउनु,
धेरै समस्याबाट रुँदै छ मेरो रेसुङगा हसाइदेउ ।।

खोक्रा भाषण छाडीदेउ अब सास मात्र छ रेसुङगाको,
अब त ढिला भइसक्यो छिटो मेरो रेसुङगा बचाईदेउ ।।

खै कता गए मेरो रेसुङगा भनेर गौरव गर्नेहरु
आफु सक्दो गरेर भए पनि मेरो रेसुङगा हसाइदेउ ।।

रेसुङगासंगै रुँदै छन् यहाँका ऐतिहासिक स्थल,
यस्ता सबै स्थल संगै मेरो रेसुङगा बचाईदेउ ।।

-रेडियो स्काई गुल्मी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग