Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ सय कुखुराका चल्ला बरामद

Published on 12:37:00 AM //

कृष्ण बिसी
नवलपरासी, साउन २१ । नवलपरासिको गुठि प्रसौनीबाट सशस्त्र प्रहरीले अवैद्य ६ सय कुखुराका चल्ला बरामद गरेको छ ।
भारतबाट नेपाल भित्राईँदै गरेको अबस्थामा गुठि प्रसौनिको वडा नम्बर १ टुटलैया भन्ने ठाउँबाट गएराति बरामद गरीएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्टका प्रहरी निरिक्षक जलेन्द्र केसीले जानकारी दिनुभयो । बरामद गरीएका चल्लाहरुलाई पशु क्वारेन्टाईन चेकपोष्टका प्रतिनिधिको रोहबरमा आज नष्ट गरिने सशष्त्र प्रहरीले जनाएको छ । नेपालमा बर्डफ्लुको संक्रमण फैलिरहे पछि सिमा चेक पोष्टहरुमा कडाईका साथ उच्च सर्तकता अपनाईएको सशष्त्र प्रहरीको भनाई छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग