Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 12:33:00 AM //

-कल्पना पौडेल "जिज्ञासु"
सिरिरिरी हावा चल्यो सुसेलीले छुन्छ कि त
पहराले बताससँग माया जाल बुन्छ कि त

मन मुटु साटिएछ प्रेमलाप हुँदै थियो
डाँडाकाँडा झरनाले तिन्का कुरा सुन्छ कि त

बादलले आकाशलाई चारै तिर घेरिदिँदा
झरी बनी बर्सिएर धर्तिलाई पो धुन्छ कि त

आहा कती रमाइलो उमङ्गित भयो तनै
प्रकृतिको लीलाले त चमत्कारै हुन्छ कि त

यस्तै रङ्गिन सधैं भरी भए हुन्थ्यो मौसम
बहारलाई ताराले आकाशमै थुन्छ कि त


गैडाकोट,४,नवलपरासी
हाल:इजरायल 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग