Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुविबाहका आरोपित प्रहरी हिरासतमा

Published on 12:40:00 AM //

नरेश भण्डारी
गुल्मी, साउन २० । अस्लेवा गाविस–५ का ३५ वर्षीय दिपक पाण्डे र लिम्घा आविस–९ की १९ वर्षीया दुर्गा ज्ञवालीलाई बहुविवाह गरेको अभियोगमा प्रहरीले ०७० असार २० गते घरबाटै पक्राउ गरेको छ ।
आरोपितकी जेठी पत्नी ३४ वर्षीया गंगा पाण्डेले ०७० असार १७ गते दिएको जहेरीको आधारमा इप्रका रिडीले पक्राउ गरी ०७० साउन २१ गते जिल्ला चलान गरेको इन्सपेक्टर निसान्त श्रीवास्तवले जानकी दिए ।
आरोपित पाण्डे ०६९ जेठमा भरत तर्फ गएको र हालै मात्र दोस्रो विबाह गरेका थाहा पाएकोले उजुरी गरेको पीडितले जानकारी दिइन् । उनी ०७० असार देखि एक छोरा सहित माईतीको शरणमा बस्दै आएकी छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग