Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गानो सरेपनि नडराउने भन्दै नाचे अनु र मञ्जु (फोटो र भिडियोसहित)

Published on 6:33:00 AM //

नायिका अनु शाह मेकअप गर्दै थिइन् । गायिका मञ्जु पौडेल भने तीजको गीतमा नाच्नको लागि तयार थिइन् । एकैछिनमा अनु पनि रातो साडीमा सजिएर चिटिक्क परिन् । अनु तयार भएपछि नृत्य निर्देशक शंकर वीसी पनि तयार भए गीतको स्टेप सिकाउन ।भृकुटीमण्डपको पार्कमा अनु र मञ्जुको नृत्य हेर्नेको भिड नै लाग्यो । प्रसंग हो, गायिका मञ्जु पौडेलको आवाजमा समावेश तीजको गीतको म्यूजिक भिडियो छायांकनको । ‘गाँनो सरे सर्ला’ एल्बममा समावेश ‘घरी घरी उठी बस्छु घरी कम्मर भाँच्छु, अब त म लाज मान्दिन उफ्री उफ्री नाच्छु’ बोलको गीतमा अनु र मञ्जुले कम्मर भाँचेका हुन् ।
पशुपती शर्माको शब्द तथा लयमा तयार भएको यो गीतले महिलाहरुलाई नचाउने विश्वास गायिका मञ्जु पौडेलको छ । भिडियोमा नायिका अनु शाह र शंकर वीसीलाई देख्न सकिन्छ ।




भिडियो हेरौँ

-अन्लाईनखबर डट कमबाट 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग