रेसुंगामा पर्यटकको भीड
Published on
12:43:00 PM //
घनश्याम गौतम
गुल्मी, श्रावण १७ । धार्मिक र पर्यटकका लागि निकै रमणीय यहाँको धार्मिक क्षेत्र रेसुंगामा धार्मिक पर्यटकहरूको चहलपहल बढेको छ । सयौं शताब्दी अगाडि ऋषिमुनीहरूले तपस्या गरेको स्थान, दुई सय वर्षअघिका शिलालेख र भग्नावशेष घरहरू र रेसुंगा डाँडाबाट देखिने रमणीय हिमशृंखलाहरूको दृश्यले रेसुंगा पछिल्लो समयमा पर्यटकहरूको आकर्षण बन्ने गरेको छ ।
धार्मिक रूपमा हिन्दु धर्मका सबै तीर्थस्थलहरूबाट ल्याइएको पानी मिसाएर स्नान गर्ने पोखरी निर्माण गरिएको छ । जुन पोखरीमा साउन महिनामा स्नान गरेमा सम्पूर्ण पाप मुक्त भई मोक्ष प्राप्त हुने जनविश्वासका कारण साउन महिनाभर रेसुंगा पोखरी स्नानका लागि सर्वसाधारणको भीड लाग्ने गरेको छ । २२ गते परेको साउने औंशी रेसुंगामा सबै भन्दा बढी धार्मिक पर्यटकहरू आउने दिन हो । औंशीका दिन रेसुंगा पोखरीमा स्नान गर्नका लागि गुल्मीसँगै बागलुङ, पाल्पा, अर्घाखाँची, प्यूठान र रुपन्देहीसहित भारतबाट समेत धार्मिक पर्यटकहरू आउने गर्छन् ।
'धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा सबै थोक रहेछ', व्यावसायिक कामका लागि काठमाडौंबाट तम्घास आएका प्रवीण श्रेष्ठले भने, 'साँच्चै रेसुंगाको टुप्पो मै पुग्दा त छुट्टै खालको मज्जा पो हुँदो रहेछ ।' रेसुंगाको टुप्पोमै पुग्दा मज्जा नलागोस् पनि किन, समुन्द्री सतहबाट २ हजार ३ सय ३९ मिटर उचाइमा रहेको रेसुंगाडाँडाँ । त्यसमाथि अझै जिविसले २७ लाख खर्चेर बनाएको २५ फिट अग्लो भ्यू टावर । डाँडाको टुप्पोमै पुगरे हेर्दा जति नै रमाइलो छ, जैविक विविधता, पर्यटकीय र वातावरणिय दृष्टिकोणले पनि त्यत्तिकै महत्त्वपूर्ण पनि छ रेसुंगा क्षेत्र ।
सदरमुकाम तम्घासबाट सवारी साधनमा आधा घन्टा र पैदल दूरीमा एक घन्टा समय लाग्ने रेसुंगा धार्मिक रूपले पनि २ सय ५० वर्ष अगाडि स्वामी शशिधरले तपस्या गरेको स्थान हो । रूरू रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति र रेसुंगा संरक्षण समितिले पूर्वाधार निर्माण, मन्दिरहरूको जीर्णोद्धार, सडक र व्यवस्थित पार्कहरूको निर्माण गरेपछि त रेसुंगा क्षेत्रमा आर्कषण बढेको र जिल्लामा हुने गोष्ठी, सम्मेलन र बैठकका लागि पनि रेसुंगा छनोटमा पर्ने गरेको रूरू-रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक श्रीराम गौतमले बताए ।
जिल्ला वन कार्यालयका अनुसार ३ हजार ४ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुंगा जंगलमा एक धार्मिकसहित १३ वटा सामुदायीक वन छन् । यसै जंगलको स्रोतका रूपमा रहेका मुहानबाट १४ गाविसमा खानेपानी सुविधा पुगेको छ । जिल्ला विकास समितिको तथ्यांकमा यस जंगलमा १ सय ६० खानेपानीका मुहान छन् । हिउँदको सुख्खा समयमा पनि यस जंगलबाट ४० भन्दा बढी मुहानबाट पानी बगिरहेको हुन्छ ।