Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा नयाँ डिएसपी आए, चुनाव शान्तिपूर्ण बनाउने प्रतिबद्दता

Published on 12:37:00 AM //

प्रेम सुनार
साउन १८, गुल्मी । हालै सरुवा भई जिल्ला प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आएका डिएसपी राजकुमार लम्सालले जसरी पनि मंसिरमा हुने संविाधनसभा निर्वाचन शान्तिपुर्ण बनाउने बताए । शुक्रबार जिल्लाका पत्रकारहरुसंग भेटघाट कार्यक्रमको आयोजना गरी लम्सालले यस्तो बताएका हुन् ।
"म र मेरो कमाण्डमा रहेका प्रहरीको बलबुताले भ्याय सम्म सरकारले मंसिरमा गराउन लागेको चुनाव शान्तिपुर्ण गाराउनेछौँ" उनले भने । जिल्लामा प्रहरीको आवश्यक चौकी र दरवन्दी नभएको भन्दै उनले केहि दिन अघि नेपाल प्रहरीमा ६ सात हजार दरवन्दी थपिँदा पनि गुल्मीमा दरवन्दी पुर्ती हुन नसकेको बताए । जिल्लाका शान्ति सुरक्षामा नागरिक समाज राजनैतिक दल, पत्रकार सवै संग सहकार्य अनिवार्य भएको भन्दै उनले सवैलाई सहकार्यका लागि आग्रह गरे । जिल्लामा केहि अपराधका घटनाको प्रहरीबाट अनुसन्धान हुन नसकेको पत्रकारहरुले ध्यानकृष्ट गराउँदा उनले रहस्यमय मृत्यु घटना अनुसन्धानको पहिलो प्राथामिकतामा राखेको जानकारी गराए ।
पत्रकार भेटघाट पश्चात जिल्ला प्रहरी कार्यालय परिसरमा जिल्लामा कृयाशिल पत्रकारहरुसँग सामुहिक तस्बिर खिचाउँदै डिएसपी लम्साल । तस्बिर: अनिल खत्री 

लम्सालले जाँड रक्सी नियन्त्र, हो-हल्ला, सवारी साधनमा मनपरी भाडा असुली, घरेलु हिंसा लगायतका विषयमा नागरिकसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए । २०६४ सालको चुनावमा नुवाकोटको जिल्ला प्रहरी प्रमुख र पछिल्लो चरण नेपाल प्रहरी बिशेष ब्युरोमा बसेर काम गरेका उनि शान्ति सुरक्षा कायम गराउन र अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

पुर्वडिएसपी वैदवारले ल्याएको टोल सुधार खोई ?

जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रमुख छँदा डिएसपी राजकुमार वैदवारले ल्याएको नागरिक सहकार्य अवधारण अन्तर्गत टोल सुधार समिति अहिले कहाँ हरायो भनेर यहाँका पत्रकारहरुले प्रश्न गरेका छन् । हालै जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हालेका डिएसपी राजकुमार लम्सालसंग पत्रकारहरुले यस्तो प्रश्न गरेका हुन् । समाजमा रहेको जाँड रक्सी, विकृति विसंगती , होहल्ला, झै-झडगा नियन्त्रमा टोल सुधार समितिले राम्रो काम गरेको भन्दै पत्रकारहरुले उक्त टोल सुधार समितिलाई क्रियाशिल बनाउनु पर्नेमा वर्तमान प्रहरी प्रमुख लम्सालको ध्यानकृष्ट गराए ।
डिएसपी बैदवारको पालमा जिल्लाका विभिन्न गाविसमा गरी १६ सय ६५ वटा टोल सुधार समिति गठन गरिएको थियो । उनिहरुले समाजमा अवैध मदिरा वेचविखन गर्नेलाई स्थानिय तहमै जरीवान गर्न र नमाने कार्वाहीका लागि प्रहरीलाई सिफारिस गर्ने गरेका थिए । यसरी त्यो कार्यक्रमले समाजको विकृति विसंगती नियन्त्रणमा उल्लेखनिय प्रगती गरेको थियो । वैदवारले ल्याएको यो अवधारण पुनःसक्रिय गराउन सके प्रहरीलाई सहयोग पुग्ने देखिन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग