Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ठुलो लुम्पेकी महिलाहरुको एक हप्ते जनचेतना अभियान सम्पन्न

Published on 6:14:00 PM //

प्रेम सुनार
भदौ ८, गुल्मी । गाँउ समाजमा भएको विकृति विसंगति, खर्चिलो संस्कार आदि विषयमा गत साउन ३० गते देखि सुरु गरिएको जनचेतना अभियान ठुलोलुम्पेकका महिलाहरुले सम्पन्न गरेका छन् ।
ठुलोलुम्पेक गाविसबाट गत वर्ष छुट्याईको ५० हजार रुपैँयाबाट त्यस गाविसको ९ वटै वडाहरुमा जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । ठुलोलुम्पेक एकता लोकतान्त्रिक महिला सञ्जालद्धरा सञ्चालित अभियानमा महिला हिंसा बढ्नुका कारण, दाईजो प्रथा, महिलाहरु माथी लादिएका अन्य विभिन्न कुप्रथाका विषयमा महिलाहरुलाई सचेत गराउँदै अव महिलाहरु पुरुषमा निर्भर नभै स्वयं आत्मनिर्भर हुनु पर्नेमा जोड दिईएको सञ्जालकी अध्यक्ष तेजकुमारी थापाले बताउनुभयो ।
गत केहि वर्ष यता परम्परागत खेतीको सट्टा ब्यबसायिक तरकारी खेती, अल्लोबाट कपडा उत्पादन, घर घरमा बंगुर पालन गरेर राम्रो आम्दानी लिँदै आएका ठुलोलुम्पेकका महिलाहरु पुरुषहरुको आम्दानीसंग आफुरुको आम्दानी दाँज्न सक्ने बनेका छन् । अध्यक्ष तेजकुमारी, उपाध्यक्ष टोपला थापा, सचिव कल्पना तरामु, कोषध्यक्ष लिला तरामु, सदस्यहरु निर्मला राना, टोपली राना, निरु राहडी लगायत स्थानिय श्रोतलाई ब्यबसायीकरण गर्नमा उदाहरणीय महिलाहरु हुन् । उनिहरुले त्यतिकै खेर जाने गरेको सिस्नो जातको अल्लोबाट धागो काढेर स्कुले विध्यार्थीलाई झोला, खास्टो लगायतका कपडा उत्पादन गर्दै आएका छन् । जनजजाति चेलीहरुको जाँड रक्सी उत्पादन नै आम्दानीको एक मात्र श्रोत हो भन्ने पुरानो मान्यतालाई तोड्दै उनिहरुले रक्सी उत्पादनको सट्टा तरकारी खेती विभिन्न प्रकारका  हस्तकला ब्यवसायमा महिलाहरुलाई उत्प्रेरित गर्दै आई रहेका छन् ।
अस्लेवादेखि उकालो लागेपछि सुन्दर टापु ठुला लुम्पेकमा पुगेर घर घरमा तरकारी खेती, फलफुल, कपडा उत्पादन नियाल्दा शहरका शिक्षित महिलाहरुले समय त्यातिकै खेर फालेको महसुस हुन्छ । यकातिर त्यहाँका महिलाहरुले उच्च शिक्षालाई पनि निरन्तरता दिएका छन् भने अर्कोतिर पछिल्लो चरण धेरैले जोड दिँदै आईरहको प्रविधिक शिक्ष्ाँलाई पनि उनिहरुले स्थानिय श्रोतबाट गर्दै आई रहेका छन् । आफुहरुको यो प्रयासलाई राज्यको निकायले प्रोत्साहित गर्न सके उत्पादनको नमुना गाँउ बनाउन सक्ने अध्यक्ष तेजकुमारी थापा लगायतका लुम्पेकी महिलाहरुको भनाई छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग