Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हुलाक प्रशिक्षण केन्द्रको काउन्टर तथा जनसम्पर्क सम्बन्धी तालिम शुरु

Published on 6:18:00 PM //

संगिता कुवँर
गुल्मी, भदौ ८ । हुलाक प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौको आयोजनामा ६ दिने काउन्टर तथा जनसम्पर्क सम्बन्धी तालिम सदरमुकाम तम्घासमा सुरु भएको छ । तालिममा गुल्मी पाल्पा अर्घाखाँचि, पर्बत, नवलपरासी, बाग्लुङ, कास्की, तनँहु, रुपन्देही, नवपरासी, स्याङजा, गरी ११ जिल्लामा हुलाक कार्यालयमा कार्यरत २२ जना कर्मचारीको सहभागिता रहको छ । तालिम १३ गते सम्म सञ्चालन हुने छ । सेवाग्राहीलाई सेवा प्रबाह जनसम्पर्कमा सुधारका लागी आयोजीत तालिममा हुलाक प्रशिक्षण केन्द्रका उपसचिब राधाकृष्ण चापागाइँ,राजुप्रसाद न्यौपाने,गोकर्ण प्रसाद उपाध्यय र बिज्ञान कोइरालाले सहजिकरण गर्ने केन्द्रले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग