Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्वाचन पर्यवेक्षण समितिको संयोजकमा घिमिरे

Published on 4:52:00 PM //

गुल्मी १० भदौं । आगामि मंसिर ४ गते संचालन हुन गईरहेको दोश्रो पटकको संविधान सभा निर्वाचनलाई स्वच्छ, विष्पक्ष र धाँधली रहित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगलाई सहयोग पुर्याउने उद्देश्य अनुरुप आज गुल्मी जिल्लामा जनार्दन घिमिरे संयोजकत्वमा ६ सदश्यीय लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण समिति (डयू—नेपाल) को गठन गरिएको छ ।
उक्त संस्थाले जिल्लामा निर्वाचन पर्यवेक्षणका लागि छनौट गरेका तीनवटा गैह्र सरकारी संस्थाहरु नव प्रभात युवासंघ, सिर्जनशिल सामुदायीक विकास केन्द्र र लुम्विनी सामुदायीक विकास केन्द्रवाट सिफारिस गरिएका प्रतिनिधिहरु मध्यवाट उक्त पर्यवेक्षण समिति गठन गरिएको हो । गठीत समितमा नवप्रभात युवा संघको तर्फबाट जनार्दन घिमिरेलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको  छ भने समितिको सचिवमा लुम्विनी सामुदायीक विकास केन्द्रवाट गगनशिला खड्का र सिर्जनशिल सामुदायीक विकास केन्द्रवाट पुनाराम पाण्डेय रहनु भएको छ ।
समितिको अन्य सदश्यहरुमा जमूना वस्नेत, मैया भण्डारी र ज्ञानराज मरासिनी रहनु भएको छ । समितिका पदाधिकारीहरुलाई आजै लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण समिति (डयू—नेपाल) का केन्द्रिय पदाधिकारीहरु विदोद पन्त, टिकाराम पौडेल र श्रय प्रसाद काफ्लेले आन्तरिक निर्वाचन पर्यवेक्षण, लोकतान्त्रिक निर्वाचनकालागि अन्तर्राष्ट्रिय मापडण्डहरु, निर्वाचन पर्यवेक्षण योजना र पर्यवेक्षणका चरणहरुको वारेमा अवगत गराउनु भएको थियो ।
समितिले सदरमुकाम तम्घासमा कार्यालय स्थापना गरि चाँडै नै आफ्ना कार्यक्रमहरु अघि वढाउने समितिका संयोजक घिमिरे जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा वनप्रभात युवा संघका कार्यकारी प्रवन्धक धातानन्द भुसाल र लुम्विनी सामुदायीक ग्रामिण विकास केन्द्रका कार्यक्रम संयोजक ज्ञान वहादुर महतराको विशेष उपस्थिति रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग