Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै आँप र लिँची बेचेर मालामाल

Published on 4:35:00 PM //

पि.एम.मगर
गुल्मी, भदौ १० । आँप र लिचीले राम्रो आम्दानी दिन थालेपछि गुल्मी हर्दिनेटा गाविसका चतुर्भुज पन्थ यतिबेला मख्ख हुनुहुन्छ । उहाँको आम्दानी देखेर छिमेकीहरु समेत अचम्मित छन् । उनीहरुलाई पनि आफुहरुको जग्गामा आँप र लिचीको खेती सुरु गरौँ कि भन्ने लागेको छ । हर्दिनेटा गाविस वार्ड नं. २ रानीपोखराका पन्थले एक बिगाहा जमिनमा लगाउनुभएको ७० वटा आँप र १६ वटा लिचीको बोटले अहिले राम्रो फल दिन थालेपछि हर्षित हुनुहुन्छ ।
पन्थले भन्नुभयो “बजारको लागि कुनै समस्या छैन मलाई ।” एक सिजनमा २ देखि ३ लाखसम्म आम्दानी हुने गरेको पन्थको भनाई छ । अहिले उहाँको परिश्रम, व्यवसाय र त्यसको आम्दानी देखेर युवाहरुसमेत यसतर्फ आकर्षित बनेका छन् । पन्थ एक शिक्षक पनि हुनुहुन्छ ।उहाँले गाउँको एक विद्यालयमा पढाउनुहुन्छ ।  बिद्यालयको समय बाहेक पन्थको प्रत्येक दिनको अरु समय तिनै फलफुलको स्याहार सुसारमा वित्ने गर्दछ । १० वर्ष अघि गार्डेपको ५० प्रतिशत र व्याक्तिगत २ लाख ५० हजार रुपैयाँको लगानीमा झण्डै एक विगाहा क्षेत्रफलमा उहाँले दसरी, अमरपानी, मलिदा, बम्बई गं्रीन जस्ता आँप र लिँचीका बिरुवा लगाउनुभएको थियो ।
अहिले तिनै विरुवा ठुलो भएपछि आम्दानीको राम्रो श्रोत बनेका छन् । कहिलेकाँही असिना र रोगले फलमा क्षति पु¥याउँदा आम्दानीमा कमी आउने पन्थले बताउनुभयो । उहाँले अन्य प्रकारका फलफुलहरु लगाउने सोँच रहेको समेत बताउनुभयो । स्वदेशमा रोजगार पाईदैन भन्दै युवाहरुको विदेशिने क्रम बढिरहेका बखत उनीहरुलाई पन्थले कम परिश्रम र लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने एउटा श्रोत देखाईदिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग