Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पल्लिकोटमा मगर पोशाक बाँडियो

Published on 4:16:00 PM //

पि.एम.मगर
गुल्मी, भदौ ९ । नेपाल मगर महिला संघ जिल्ला कार्य समिति गुल्मीको आयोजनामा मगर पोशाक वितरण कार्यक्रम पल्लीकोट गाविसमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संघकी केन्द्रीय सदस्य एवं जिल्ला सल्लाहकार सदस्य कमला पुन मगरले भेषभुषा तथा कला संस्कृतिहरु लोप हुन गईरहेको अवस्थामा यस कार्यक्रमले पनि यसको संरक्षणतर्फ महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
पुनले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै लैजान सकेमा यसको संरक्षण पनि हुने र यसप्रति सवैको ध्यान केन्द्रीत गर्न सकिने बताउनुभयो । साथै उहाँले आफ्नो लोपोन्मुख भाषा, संस्कृति र पहिचानलाई जोगाई राख्नका लागि सवै जना एक भएर लाग्नुपर्नेमा जोड समेत दिनुभयो । कार्यक्रमा संघकी जिल्ला उपाध्यक्ष बिना राना मगर, नेपाल आदिवासी जनजाति गाउँ समन्वय समिति पल्लीकोटका अध्यक्ष यमबहादुर राना लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गाविसका ११ जना महिलाहरुले आफ्नो छोरीहरुलाई मगर पोशाक वितरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कार्य समितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु, पल्लीकोट गाविसका संपुर्ण मगर समुदायका सदस्यहरुको विशेष उपस्थिति रहेको थियो । पुर्व गाविस अध्यक्ष धनबहादुर सोमरेको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा लक्ष्मी श्रीसको अध्यक्षता तथा रेजिता थापाको सञ्चालन रहेको थियो । यो खवर सहयोगी सपना राना मगरले पठाउनुभएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग