Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेविसंघ चुनावको अन्तिम तयारीमा

Published on 8:19:00 PM //


संगीता कुँवर
भदौ ९ गुल्मी । नेपाल विद्यार्थी संघ गुल्मीले आसन्न ११ औँ जिल्ला अधिवेशनलाई दृष्टिगत गर्दै विभिन्न बिभागीय समतिहरु गठन गरेको छ । आज वसेको जिल्ला पदाधीकारी वैठकबाट जिल्ला अधिवेशनको लागि भिन्न समितिहरुlग्ठन भएका नेविसंघ गुल्मीका उपसभापति निरोज मरासीनीले जानकारी दिनुभयो ।
वैठकले कृष्ण अर्यालको संयोजकत्वमा आर्थिक समिति परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यक्रमता परिचालनमा नीरोज मरासीनी, मञ्च ब्यवस्थापनमा सुदर्शन खनाल, आवास तथा भोजनमा पूर्ण केसी, प्रचार प्रसारमा सुवास मरासीनी, अतिथि सत्कार निर्मला पन्थी, प्रतिनिधि दर्तामा टोमलाल पन्थी, सांस्कृतीक कार्यक्रममा गणेश पोख्रेल र स्वयमसेवक ब्यवस्थापनमा धर्मराज पाण्डेको संयोजकत्वमा समतिहरुको गठन गरिएको छ । नेविसंघ गुल्मीको ११ औ जिल्ला अधिवेशन भदौ १२ र १३ गते सदरमुकाम तम्घासमा हुँदै छ । नेविसंघ गुल्मीले जिल्ला अधिवेशन सकिने वित्तिकै संविधानसभाको चुनावी प्रचारप्रसारमा जुट्ने बताएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग