Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोप हुँदैछन् गाउँका काठे कोलहरु

Published on 6:27:00 AM //

पि.एम.मगर
गुल्मी, भदौ १० । समाजबाटै चासो दिन छाडेपछि गुल्मीको बलिथुम लगायत छिमेकी गाविसका काठे कोलहरु अहिले लोप हुने अवस्थामा पुगेका छन् । तोरी, चिउरी लगायतका बस्तुहरुबाट तेल निकाल्न प्रयोगमा ल्याईएने काठे कोलहरु अहिलेको आधुनिकीकरणसँगै समाजबाट संरक्षण हुन थालेपछि लोप हुने अबस्थामा पुगका हुन् । हाल तोरी, सरसिउँ लगायतका तेल निकाल्ने बस्तुहरु आधुनिक मेशिनबाट पेल्ने गरिएता पनि चिउरीको बिजुला पेल्न भने काठे कोल नै आबश्यक पर्ने हुँदा त्यसको संरक्षणमा लाग्नुपर्ने कृषकहरु बताउँछन् ।
बलिुथुम ९ की मनकुमारी सर्तुङ्गीले दुखेसो पोख्दै भन्नुभयो– “अहिले त भएका कोलहरु पनि मेटिए, चिउरीको घ्यूको महत्व पनि त हराउने होला नी ?” “चिउरीको घ्यूबाट राम्रो आम्दानी हुनुका साथै घरमा बिभिन्न परिकारहरु बनाउन तेलको सट्टा यसको प्रयोग गरिन्थ्यो, यो महङ्गीमा तेल नै त प्रयोग गर्नुपर्ने होला नी, महङ्गीका कारण समस्या हुने भयो” – उहाँले भन्नुभयो । यो चिन्ता मनकुमारीको मात्र होईन, गाउँका सबै स्थानीयको छ । पहिले स्थानीयलाई पायक पर्ने स्थानमा राखिने ती काठे कोलहरु लोप हुँदै गएपछि अहिले चिउरीको घयू उत्पादन गर्ने कृषकहरुमा नैराश्यता छाएको छ । कृषकहरुले असार महिनादेखि चिउरीको बिजुला संकलन गर्ने र असोज, कार्तिक महिनातिर त्यस बिजुलाबाट घयू उत्पादन गर्न लाग्दछन् ।
काठे कोलको संरक्षण गर्ने हो भने चिउरीको घयूबाटै मनग्य आम्दानी गर्न सकिने कृषकहरुको भनाई छ । अहिले बलिथुम गाविस वार्ड नं. ५ को टापुडाँडा, वार्ड नं. ९ को सालधारा र पराल्मी गाविसको वार्ड नं. ८ रातामाटाको डाँडा टोलमा रहेका काठे कोलको केही रुपमा संरक्षण गरिएता पनि अन्य स्थानका काठे कोलहरु भने लोप भैसकेका छन् । उता पटक पटक खबरदारी गर्दा पनि बलिथुम वार्ड नं. १ टापु डाँडामा रहेको सदियौँ पुरानो ढुङ्गे कोल संरक्षणबिहीन बनेको छ । प्राचीन महत्व बोकेका यस्ता खालका सम्पत्तिहरु ओझेलमा पर्नुका साथै हाम्रा पुर्खाको चिनारी समेत मेटिने डर छ । यसको संरक्षणतर्फ सबैको ध्यान जानु उत्तिकै आबश्यक रहेको बुद्धिजीविहरुको भनाई छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग