Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले विद्यालयको ८ कोठे भवन क्षतिग्रस्त

Published on 8:36:00 AM //

पि.एम.मगर
गुल्मी, भदौ १० । अविरल वर्षाका कारण आईतवार राति गएको पहिरोले छापहिले माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्मको ८ कोठे भवन पुर्णरुपमा क्षतिग्रस्त बनाएको छ । गुल्मी अर्घाखाँची ग्रामिण विकास परियोजना (गार्डेप)द्धारा २०५४ सालमा करिव ३० लाखको लागतमा निर्माण गरिएको विद्यालयको सो भवन तलदेखि गएको पहिरोले पुर्ण रुपमा क्षति पु¥याएको हो ।
भवन नै भत्किएपछि विद्यार्थीहरु खुल्ला मैदानमा बसेर पढ्न बाध्य भएका छन् । सोही भवनमा छापहिले गाविसको गाविस कार्यालय र नेपाल रेड्क्रस सोसाईटी छापहिले शाखाको कार्यालय समेत रहेको थियो । भवन भत्किएपछि गाविस र रेडक्रसका महत्वपुर्ण कागज पत्रहरु नष्ट भएका छन भने कक्षा कोठाका करिव ७० सेट डेस्क बेञ्च पनि नष्ट भएका छन् । भवन नै भत्किएपछि अध्ययन अध्यापन कार्यलाई व्यवस्थापन गर्ने काम चुनौतिपुर्ण बनेको विद्यालयका प्रधानाध्यापक श्यामलाल गिरीले बताउनुभयो । उहाँले भवनको पुनर्निर्माणकालागि सहयोग गरिदिन समेत संबन्धित निकायलाई आग्रह गर्नुभएको छ । भवन भत्किएपछि कक्षा १ देखि ५ सम्मका करिव २ सय ५० बालबालिका प्रभावित बनेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग