Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाउन तैयारी तिव्र

Published on 5:35:00 AM //

पि.एम.मगर
गुल्मी, भदौ १० ।  श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सोमवार तम्घास्थान मन्दिर प्राङ्गणमा विभिन्न उपसमितिहरुको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि विभिन्न निर्णयहरु समेत गरेको छ ।
प्रचार प्रसार उपसमितिले श्रीकृष्ण जन्माष्टमी महोत्सवका विषयमा जिल्लामा रहेका रेडियोहरुलाई सुचना तथा प्रत्यक्ष प्रशारणका लागि अनुरोध गर्ने, स्थानीय केबुल डिस्टीव्यूटर्सलाई स्कोर लिंकमा कार्यक्रमवारे जानकारी दिन आग्रह गर्ने, समाचार प्रशारण तथा संप्रेशण गर्न पत्रकारहरुलाई आग्रह गर्ने निर्णय भएको छ । त्यस्तै महोत्सवको प्रचार प्रसारका लागि पर्चा पम्प्लेट टाँस गर्ने कार्य पनि भईरहेको समितिले जनाएको छ । त्यस्तै झाँकीहरु ल्याउन विभिन्न संघसंस्थालाई अनुरोध गर्ने, नेपाली सेना र प्रहरीलाई पनि यात्रामा सहभागीताका लागि अनुरोध गर्ने, भजनकृतनलाई पनि सहभागी बनाउने लगायतका पक्षमा निर्णयहरु भएका छन् ।
कार्यक्रममा मुल आयोजक संयोजक एवं मन्दिरव्यवस्थापन समितिका अध्यक्ष नरप्रसाद श्रेष्ठ, भजन कृतन व्यवस्थापन उपसमिति संयोजक हरिकुमार श्रेष्ठ, रथ यात्रा उपसमिति संयोजक अखिलेश्वरप्रसाद पाण्डेय लगायतको विशेष सहभागिता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग