Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरो गएको ३ हप्ता बित्दा पनि हटाउन कुनै पहल भएन, यात्रुलाई सस्ती

Published on 7:08:00 PM //

अनिल खत्री
गुल्मी, साउन १९ । श्रावण ४ गते राती गुल्मी हस्तिचौर गाविसको म्यूटारीमा गएको पहिरोका कारण अवरुद्ध वनेको पश्चिम क्षेत्रको यातायात सेवा अझै सञ्चालनमा आउन सकेको छैन । यातायात अवरुद्ध भएपछि त्यस क्षेत्रका जनताले निक्कै सास्ती भोग्नु परेको छ ।
अहिले त्यस क्षेत्रका जनतालाई आफ्नो घरमा पुग्न यातायातका साधन परिवर्तन गर्दै जानुपर्ने वाध्यता छ । हस्तिचौर गाविस वार्ड नं. ३ स्थित म्यूटारीमा सडकमाथिवाट करिव १ सय मिटर तलसम्म पहिरो खसेको छ । पैदल हिँड्न पनि निक्कै समस्या छ । सडक खुलाउनतर्फ संवन्धित निकायले कुनै ध्यान नदिएको त्यस क्षेत्रका जनताको गुनासो छ । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले यस विषयमा वुझेर अवरुद्ध सडक तत्काल खुलाउनका लागि पहल गर्न स्थानीय विकास अधिकारीसँग कुरा गर्ने वताउनुभयो ।
स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले भने सडक खुलाउनका लागि डोजर पठाईएको वताउनुभयो । म्यूटारीमा मात्रै होईन सोही गाविसको वेलारुख भन्ने स्थानमा पनि साउन ७ गते गएको पहिरो अझैसम्म हट्न सकेको छैन । सडक खुलाउनतर्फ संवन्धित निकायको ध्यान जान नसक्दा इश्मा, दोहोली, वाँझकटेरी, छापहिले, अर्खवाङ्ग, पुर्कोटदह, म्यालपोखरी लगायतका जिल्लाका पश्चिम क्षेत्रका जनताले निक्कै समस्या झेल्नुपरेको छ भने दोव्वर भाडा तिर्न उनीहरु वाध्य छन् ।
केही दिन अघि आफ्नो घरवाट सदरमुकाम तमघाससम्म आउँदा ४ सय ५० रुपैयाँ भाडा तिर्नुभएका छापहिले गाविस ९ का गोपाल विष्टले हिजो विहीवार घर फर्किदा ७ सय रुपैयाँ भाडा तिर्नुप¥यो तैपनि व्यवसायीसँग वार्गेनिङ्ग गरेपछि मात्र । तर सामान्य व्याक्तिले झन कति तिरे होलान उहाँले भन्नुभयो । रकम मात्रै झण्डै दोब्बर भएन आईपुग्ने समय पनि दोब्बर लाग्ने गर्दा ढिला हुने गरेको विष्टको भनाई छ । बर्षाको समय सडक विग्रेका कारण ग्रामिण सडकहरुमा चल्ने यातायात ब्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको विष्टको मात्र होईन सवै यात्रुहरुको गुनासो छ । यो त एउटा प्रतिनिधीमुलक सडक मात्रै हो, जिल्लाका तमाम सडकमा वर्षायाम लागे लगत्तै अवरुद्ध हुने र केही समय सुचारु भए चर्को भाडा तिर्नुपर्ने समस्याले उपभोक्ताहरु समस्यामा छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग