Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडकका कारण आलु वजार पुर्याउन सकिएन, घरमै कुहीन थाले

Published on 7:11:00 PM //

पि.एम.मगर
गुल्मी, साउन १९ । ढुवानी सेवाको अभावका कारण गुल्मीको दिव्रुङका कृषकहरुले उत्पादन गरेको आलु यतिवेला घरमै कुहिन थालेको छ । महिनौ हुन लाग्दा पनि जिल्लाको दिव्रुङ, आँपचौर, तल्लाफाँट र रिडी रुद्रवेणी वामीटक्सारको सडक पुर्णरुपमा सञ्चालनमा नआएपछि वजारसम्म आलु पु¥याउन नसक्दा घरमै कुहिन थालेको हो ।
दिव्रुङ गाविस वार्ड नं. ९ का कृषकहरुले उत्पादन गरेको करिव २ लाख ५० हजार वरावरको आलु घरमै कुहिन थालेपछि कृषकहरु यतिवेला अन्योलमा पर्नुका साथै निकै चिन्तित वनेका छन् । स्थानीय वजारहरुमा आलु खपत नहुने र यो वर्ष छिट्टै वर्षा सुरु भएपछि पटक पटक सडक अवरुद्ध भईरहँदा कृषकहरु निरास वनेका छन् । सडक अवरुद्ध भईरहनाले पाल्पा, वुटवलका वजारमा आलु पु¥याउन नसक्दा १ सय क्वीन्टल भन्दा वढी आलु घरमै थन्किएपछि अधिकाँश कृषकहरु समस्यामा परेको कृषक नन्दराम खरेलले वताउनुभयो ।
परम्परागत खेती छाडेर व्यवसायिक वर्षे आलु खेती उत्पादनमा लागेका त्यहाँका कृषकहरु यस पटक विऊको मुल्य र लगानी समेत डुवेपछि परिवारको खर्च धान्न समस्या उत्पन्न हुने सक्ने अर्का कृषक झविन्द्र खरेलले गुनासो गर्नुभयो । “अहिलेको परिश्रम र लगानी खेर जाने भो” खरेलले भन्नुभयो “सडक अवरुद्ध हुँदा हामी वढी मर्कामा प¥यौँ, विऊको मुल्य र लगानी पनि उठ्ने भएन, घर खर्च टार्न दुःख नै हुने भयो ।” अन्य आय स्रोत नभएको र ५ महिना लगाएर उत्पादन गरेको आलु खेतीले वजार नपाएपछि वालवच्चाको पढाई, उपचार खर्च र दैनिक उपभोग्य वस्तुको खरीद गर्न ऋण खेज्नुपर्ने वाध्यता भएको खरेलले दुःखेसो पोख्नुभयो । “आफुहरुको समस्याका वारेमा संवन्धित पक्षको नजर जान सके राहात मिल्थ्यो होला” खरेलले वताउनुभयो । सडक अवरुद्ध हुँदा उनीहरु जस्तै थुप्रै कृषक तथा सर्वसाधारण मर्कामा परेका छन् । उनीहरुले अवरुद्ध सडक खुलाउनुपर्नेमा जोड् दिएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग