Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरबाटो अबरुद्ध हुँदा ६० हजार रुपैँया बराबरको दुध बजार पुर्याउन सकिएन, किसान मर्कामा

Published on 5:50:00 PM //

प्रेम सुनार
भाद्र ९, गुल्मी । दिगामको पिपल नेटादेखि तल रहेको  मोटरबाटोमा पहिरो गई यातयात अबरुद्ध हुँदा गत साउन महिनामा मात्रै ६० हजार रुपैयाँ बराबरको दुध बजार पु¥याउन नसकी गाउँमै नष्ट भएको छ 
सातमुरे खज्र्याङ्ग, वोखर कालिका नगर दिगाम  सडक खण्डको ठुला पहिरो भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध हुँदा करिव ६० हजार  मुल्य बराबरको दुध नष्ट भएको दिगाम गाविस सचिव लिलबहादुर सिंजालीले बताउनु भयो ।  दिगमको वडा नम्वर ४, ५ , ८ र ९ वाट उत्पादन हुने उक्त मुल्य बराबरको दुध नष्ट हुनुका साथै त्यहाँ उत्पादित फलफु र तरकारी समेत त्यातिकै खेर जाने गरेको गाविस सचिव सिंजालीले जानकारी दिनु भयो । दिगामका लागि ठुलो पहिरो ठुलो समस्याको विषय भएको बताउँदै उहाँले गाविसको रकम वर्षेनी त्यही पहिरो सोहर्दैमा ठिक्क हुने गरेकोले केन्द्रिय बजेट विना दिर्घकालिन समस्या समधान गर्न नसकीनेमा जोड दिनुभयो ।
सोही पहिरोका कारण दिगामका हरेक वडामा मोटरबाटो खनिए पनि यातयातको सुविधाबाट यहाँका जनता बञ्चित हुनु परेको उहाँको भनाई छ । दुध, तरकारी , फलफुल उत्पादनमा दिगाम गाविस अग्रस्थानमा रहे पनि नियमित यातयातको सुविधा नहुँदा किशानहरु  निरुत्साहित हुँदै गएका छन् ।

हर्दिनेटाको कालिका नगरमा रहेको दुग्ध संकलन केन्द्रबाट त्यहाँको दुध रिडी र पाल्पा सम्म पुग्ने गरे पनि कृषि सडकै अभावमा किशानहरु मर्कामा पर्दै आएका छन् । हिउँद नलागे सम्म आज पहिरो हटाउने केहि बेर पछि उस्तै हुने समस्याले स्थानियबासीले सास्ती खेप्नु पर्ने र अर्को तर्फ राज्यको रकम वालुवामा पानी खनाए जस्तो हुने भएकाले दिगामको ठुलो पहिराको दिर्घकालिन समस्या खोज्न जिल्ला स्तरिय राजनैतिक संयन्त्रले बेलैमा ध्यान दिनु पर्ने देखिन्छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग