Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्लबले गर्यो बसपार्क सफा

Published on 5:51:00 PM //

तेजेन्द्र थापा 

 श्री उदय शान्ति युवा क्लब शान्तिपुर गुल्मीले शान्तिपुरको  बसपार्क सरसफाई गरेको छ । नया कार्य समितिको गठन संगै समाज सुधार र समाज सेवालाई पहिलो प्राथमिकता दिई  अघि बढेको क्लबले प्रत्येक शनिबार १ घन्टाको समय सामाजिक कामको लागि छुट्याउने अबधारणा अघि सारेको छ । सो अनुसार शनिबार  बसपार्क सफा गरिएको  छ । क्लबका सदस्य र ईलाका प्रहरी कार्यालय शान्तिपुरका प्रहरीले संयुक्त रुपमा बसपार्क सफा गरेका थिए । क्लबले शान्तिपुर बजार क्षेत्रको फोहर मैला ब्यबस्थापन र सडक बत्तिको अबधारणा समेत अघि सारेको छ । 


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग