Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कार्यकर्ता कुटिएको विरुद्ध एमाओवादी आपत्ती

Published on 4:06:00 PM //

प्रेम सुनार
भाद्र ९ , गुल्मी ।
कहि दिन अघि गुल्मीको हवाङ्गदीमा आफ्नो कार्यकर्ता कुटिएको विषयलाई लिएर एकिकृत नेकपा माओवादी गुल्मी जिल्ला कमिटीले आपत्ती जनाएको छ ।
  सो पार्टीका जिल्ला संयोजक सुदर्शन बरालद्धरा जारी विज्ञप्तीमा साउन ६ गतेका दिन हवाङ्गदी ३ बस्ने धनबहादुर थापाले एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य देविराम घिमिरे माथी संघातिक हमला गरेको र ज्यान मार्ने धम्की समेत दिएको भन्दै घम्भिर ध्यानकृष्ट भएको जनाईको छ ।
  शान्ति प्रकृयापछि जनयुद्ध कालका घटना क्रम उठाउँदै आतंक मच्चाउने धनबहादुर थापा कुख्यात अपर।ाधी भएको भन्दै जिल्ला संयोजक बरालले निजलाई आफ्नो पार्टीले कुनै पनि हालतमा नछाड्ने चेतवानी दिएका छन् ।
  त्यस्ता घटन क्रमको पुनरावृत्ति भएमा हाम्रो पार्टी कडा प्रतिरोधमा उत्रने चेतवानी दिदै संयोजक बरालले समाजमा आतंक मच्चाउने र शान्ति प्रकृया खलबलाउने धनबहादुरलाई कार्वाही गर्न जिल्ला प्रशसन समक्ष विज्ञप्तीमा बरालले अनुरोध गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग